Merchandise Now
९ मंसिर २०८१, आईतवार

गौर आँखा अस्पताललाई चश्मा फ्रेम आपूर्ति गर्न आव्हान

१० भाद्र २०८०, आईतवार
नेपाल नेत्रज्योति संघ, गौर आँखा अस्पताल

शिलबन्दी दरभाउ पत्र आव्हान सम्बन्धी सूचना

प्रकाशित मिति : २०८० /०५/०५

नेपाल नेत्रज्योति संघ अन्तर्गत संचालित गौर आंखा अस्पतालको निमित्त आर्थिक वर्ष २०८० / ०८१ को लागि औषधी ल्याब तथा सर्जिकल सामाग्री, लेन्स, चश्मा फ्रेम, शिशा लगायतका सामाग्रीहरु बर्ष भरी सप्लाई गर्न पर्ने भएको हुँदा नेपाल सरकारबाट इजाजत प्राप्त इच्छुक रजिस्टर्ड कम्पनी वा सप्लायर्सहरुबाट सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र यस अस्पतालको लेखा शाखामा आई पुग्ने गरी शिलबन्दी दरभाउ उल्लेख गरी शिलबन्दी दरभाउपत्र आव्हान गरिन्छ ।

१. विस्तृत विवरण सहितको दरभाउपत्र फारम दस्तुर वापत रु.२,५००।०० अक्षरेपी दुई हजार पाँच सय मात्र (पछि फिर्ता नहुने गरी) गौर आँखा अस्पतालको राष्ट्रिय वाणिज्य बैक लि. गौर शाखामा रहेको खाता नं १२१०१००००१३४६००१ म दाखिला गरेको भौचर संलग्न गरी फर्मको दर्ता प्रमाणपत्र, आ. ब. २०७९ / ०८० सम्मको लागि सम्बन्धित व्यवसाय गर्न पाउने गरी नविकरण गरिएको इजाजत पत्र, कर दर्ता प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र (२०७८ / ०७९) को प्रतिलिपी अनिवार्य रुपमा पेश गरी दरभाउपत्र फारम २०८० भाद्र २९ गते दिउसो ४: ०० बजेसम्म खरिद गरी गौर आँखा अस्पताल गौरको कार्यालयमा बुझाई सक्नु पर्नेछ । दरभाउपत्र यस अस्पतालको लेखा शाखाबाट उपलब्ध गराईने छ ।

२. शिलबन्दी दरभाउपत्र खोलिने मिति : (दरखास्त फारम बुझाउने अन्तिम दिनको भोलिपल्ट दिउसो दिनको २:०० बजे । यदि सो दिन सार्बजनिक विदा परेमा सोको भोलिपल्ट ।

३. शिलबन्दी दरभाउ पत्र सम्बन्धी फारमहरु अस्पतालको वेभसाइट www.geh.org.np मा समेत उपलब्ध रहेको जानकारी गराईन्छ ।

४. दरभाउ पत्र स्वीकृत गर्ने वा नगर्ने अधिकार अस्पतालमा निहित हुनेछ ।

थप जानकारीका लागि गौर आँखा अस्पतालको प्रशासन शाखामा सम्र्पक गर्न हुन अनुरोध छ ।

नेपाल नेत्रज्योति संघ

गौर आँखा अस्पताल

गौर – ०८, पुरेनवा, रौतहट, नेपाल

  Notice Source : Madhyanha  

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन