Merchandise Now
१७ पुष २०८१, बुधबार

गोदाम भाडामा दिने सम्बन्धी सिलबन्दी बोलपत्र आह्वान

८ भाद्र २०८०, शुक्रबार

कम्पनीको प्रधान कार्यालय कलेश्वर, काठमाडौस्थित

१५०० मे. टन क्षमताको गोदाम भाडामा दिने सम्बन्धी सिलबन्दी बोलपत्र आह्वान  

१. कम्पनीको स्वामित्वमा रहेको काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. १४ कुलेश्वरस्थित १५०० मे.टन क्षमताको गोदाम V(चार) वर्षका लागि भाडामा लिन इच्छुक व्यक्ति फर्म/कम्पनी/संघ/संस्थाहरूबाट रीतपूर्वकको सिलवन्दी बोलपत्र आहवान गरिन्छ ।

भाडामा दिने भौतिक सम्पत्तिको विवरण एकाइ

मासिक न्यूनतम भाडा रकम बोलपत्र जमानत

का.म.न.पा. वडा नं. १४ कुलेश्वर काठमाडौंस्थित

(बहाल कर समेत ७,१८,६००/- रकम

(1) कम्पनीको प्रधान कार्यालय परिसरमा रहेको १५०० १ वटा (तीन लाख अठार हजार छ १,१४,६९६/- मे.टन क्षमताको गोदाम सय मात्र)

२. इच्छुक व्यक्ति/फर्म/कम्पनी/सङ्घ/संस्थाले कालीमाटीस्थित नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडको खाता नं. ०१७०१०३०००१९२२ मा रु.३,०००/- (फिर्ता नहुने) गरी बुझाएको सक्कल प्रति बैंक भौचर र लिखित निवेदन पेस गरी यो सूचना प्रकाशित भएको मितिले ३० औं दिन अर्थात् मिति २०८०३०६।०६ गते कार्यालय समयभित्र कृषि सामग्री कम्पनी लिमिटेड, प्रधान कार्यालय, कुलेश्वर. काठमाडौंबाट बोलपत्र फाराम खरिद गर्न सक्नेछन् ।

३. बोलपत्र दाताले कम्पनीबाट खरिद गरिएको बोलपत्र कागजात (सक्कलै ) भरी सिलवन्दी गरी यो सूचना प्रकाशित भएको मितिले ३१औं दिन अर्थात् मिति २०६०/०६/०७ गते १३:०० बजेभित्र कम्पनीको प्रधान कार्यालयमा दर्ता गरिसक्नुपर्नेछ। तोकिएको मिति र समय पश्चात् प्राप्त भएका तथा रीतपूर्वक प्राप्त नभएका बोलपत्रहरू उपर कुनै कारवाही गरिनेछैन ।

४. प्राप्त सिलबन्दी बोलपत्रहरू यो सूचना प्रकाशित भएको मितिले ३१ औँ दिन अर्थात् मिति २०६०।०६।०७ गते दिनको १४:०० बजे बोलपत्र दाताहरूका तर्फबाट उपस्थित प्रतिनिधिहरूको तथा कार्यालयका प्रतिनिधिहरूको रोहवरमा कृषि सामग्री कम्पनी लिमिटेड प्रधान कार्यालय, कुलेश्वर, काठमाडौँमा खोलिनेछ । बोलपत्र दाताको प्रतिनिधि उपस्थित नभएमा वा भएर पनि हस्ताक्षर नगरे तापनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । ५. बोलपत्र जमानत वापतको रकम कालीमाटीस्थित नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा रहेको कम्पनीको खाता नं. ०१७०१०३०००१९२२ मा सम्बन्धित बोलपत्र दाताकै नामबाट जम्मा भएको सक्कल भौचर वा कुनै ‘क’ वर्गको वाणिज्य बैंकले कम्पनीको नाममा जारी गरेको वोलपत्र पेस गर्ने अन्तिम मितिबाट कम्तीमा १२० (एक सय बीस) दिन म्याद कायम रहेको सर्त रहितको बैंक ग्यारेन्टीको सक्कल प्रति बोलपत्र साथ संलग्न हुनुपर्नेछ । ६. वोलपत्र पेस गर्ने अन्तिम दिन तथा बोलपत्र खोल्ने दिन सार्वजनिक बिदा परेमा ती कार्यहरू त्यसको लगत्तै कार्यालय खुलेको दिन सोही समयमा हुनेछन् ।

७. बोलपत्र दाताले बोलपत्र दाखिला गर्नु अगावै उक्त १५०० मे.टन क्षमताको गोदामको स्थलगत अवलोकन गर्न चाहेमा कम्पनीको प्रधान कार्यालयमा सम्पर्क गरी कार्यालय समयमा अवलोकन गर्न सक्नेछन् । ८. बोलपत्र दाताले पेस गरेको सिलवन्दी बोलपत्र स्वीकार गर्ने वा नगर्ने, आशिक वा पूर्ण स्वीकृत गर्ने जस्ता सम्पूर्ण अधिकार कम्पनीमा निहित रहनेछ ।

९. बोलपत्र दाताले आधारभूत र वित्तीय प्रस्ताव भरी सीमा तोकिए बमोजिमका आवश्यक कागजातहरू सहित बोलपत्र जमानत बापत रकम जम्मा गरेको सक्कलै बैंक भौचर वा बैंक ग्यारेन्टीको सक्कलै प्रति संलग्न गरी छुट्टा-छुट्टै पेस गर्नुपर्नेछ । यसरी पेस गर्दा आधारभूत र वित्तीय विषयको प्रस्ताव छुट्टा-छुट्टै खाममा राखी सिलबन्दी गरी पुनः दुवै सिलबन्दी खामलाई एउटै खाममा राखी सिलबन्दी लाहाछाप गरी पेस गर्नुपर्नेछ । साथै प्रत्येक सिलबन्दी खामको वाहिर शीर्ष भागमा “कम्पनीको प्रधान कार्यालय, कुलेश्वर काठमाडौँस्थित १५०० मे.टन क्षमताको गोदाम भाडामा लिने सम्बन्धी बोलपत्र / आधारभूत विषय / विनीय विषयको बोलपत्र ” भनी प्रस्ट लेखी प्रत्येक सिलबन्दी खामको दायाँतर्फ कम्पनीलाई सम्बोधन गरी र वायाँतर्फ बोलपत्र दाताको नाम, ठेगाना समेत लेखी रीतपूर्वक कम्पनीमा बुझाउनुपर्नेछ ।

  1. यस सूचना पूर्व कम्पनीसँग कुनै पनि प्रकारले कारोबारमा संलग्न भई कम्पनीलाई रकम कोलम तिर्न बुझाउन बाँकी रहेको कुनै पनि व्यक्ति/फर्म/सङ्घ/संस्था वा निकायको बोलपत्र स्वीकार गरिनेछैन ।
  2. वोलपत्रको मान्य अवधि बोलपत्र पेस गर्ने अन्तिम मितिबाट ९० दिनको हुनेछ ।

१२. बोलपत्र सम्बन्धी अन्य आवश्यक कुराहरू वोलपत्र आवेदन फाराममा संलग्न रहेको अनुसूची ७ लगायतका कागजातमा उल्लेख रहेको छ । थप जानकारी आवश्यक भएमा कम्पनीको प्रधान कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।

३. उल्लेखित भौतिक संरचना जे जस्तो अवस्थामा छ सोही अवस्थामा भाडामा लगाइनेछ।’

 

कृषि सामग्री कम्पनी लिमिटेड

(नेपाल सरकारको पूर्ण स्वामित्व भएको) 50 योजना तथा जनशक्ति व्यवस्थापन महाशाखा

प्रधान कार्यालय, कुलेश्वर, काठमाडौं

फोन नं. ०१-५३७९७१७

   

:Notice Source : Gorkhapatra 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन