Merchandise Now
२७ पुष २०८१, शनिबार

गैर बैंकिङ्ग सम्पत्ति शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री

७ जेष्ठ २०८०, आईतवार
गैर बैंकिङ्ग सम्पत्ति शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्रीको १५ दिने सूचना
प्रकाशित मिति २०८०/०२/०७ गतेको नागरिक राष्ट्रिय दैनिक,
यस विकास बैंकको नाममा दर्ता कायम रहेको तपसिलमा उल्लेखित गैर बैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ, सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री गरिने हुँदा ईच्छुक महानुभावहरुले निम्न लिखित शर्तहरुको अधिनमा रहि यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस बैंकमा सम्पर्क राखी तपसिलमा उल्लेखित सम्पत्तिको खरिद गरि लिन चाहेको मूल्य प्रष्टसँग उल्लेख गरी यस विकास बैंकको केन्द्रिय कार्यालय वा शाखा कार्यालयहरुमा रितपुर्वकको गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुहुन आव्हान गरिन्छ ।

बोलपत्र सम्बन्धी शर्त एवं जानकारी:

  1. १. गोप्य शिलबन्दी बोलपत्र आवेदन मिति २०८०/०२/२१ गते सम्म कार्यालय समयभित्र यस विकास बैंकको केन्द्रिय कार्यालय वा शाखा कार्यालयहरुमा दर्ता भई सक्नु पर्नेछ ।
  2. २. बोलपत्र फारम एक प्रतिको रु. ५००/- (अक्षरेपी पाँच सय मात्र) यस विकास बैंकको केन्द्रिय कार्यालय कमलपोखरी, तथा शाखा कार्यालयहरुमा उपलब्ध छ । बोलपत्र फारममा आवश्यक विवरण खुलाई खामबन्दी गरी खाम बाहिर “गैर बैंकिङ्ग सम्पत्ति लिलाम बिक्री सम्बन्धी गोप्य शिलबन्दी बोलपत्र” उल्लेख भएको हुनुपर्नेछ ।
  3. ३. प्राप्त हुन आएको गोप्य शिलबन्दी बोलपत्रहरु मिति २०८०/०२/२३ गते मंगलबार दिउँसो १:०० बजे देखि यस विकास बैंकको केन्द्रिय कार्यालयमा सरकारी प्रतिनिधि वा बोलपत्रदाता वा निजहरुको प्रतिनिधिहरुको रोहवरमा खोलिनेछ । बोलपत्र दाखिला गर्दा आफुले कबोल गरेको अंकको कम्तीमा १० प्रतिशतले हुने धरौटी रकम यस विकास बैंकको कर्पोरेट कार्यालयको खाता नं. १५०४०१८०००००२ मा जम्मा गरिएको भौचरको सक्कलै पेश गर्नु पर्नेछ ।
  4. ५. बोलपत्र फारममा उल्लेखित अन्य शर्तहरु समेत लागु हुनेछ ।
ज्योति विकास बैक लि. JYOTI BIKASH BANK LTD. More than a Bank (नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजतपत्रप्राप्त वित्तीय संस्था) केन्द्रीय कार्यालयः का.म.न.पा. वडा नं. ०१, कमलपोखरी, काठमाडौं, नेपाल फोन नं. ०१-५९७०३०६-१२ Website: www.jbbl.com.np, Email: info@jbbl.com.np

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन