गुठी तैनाथी जग्गा पोखरी भाडामा दिने सम्बन्धी १५ दिने सार्वजनिक सूचना
यस कार्यालय अन्तर्गत तपसिलमा उल्लेखित जग्गा / पोखरी जे जुन अवस्थामा छ सोही अवस्थामा बढीमा ५ वर्षका लागि बहालमा बन्दोबस्त गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ । इच्छुक व्यक्ति, फर्म, कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले १५ औं दिनसम्म कार्यालय समयभित्र रु. ३,०००/- (फिर्ता नहुने गरी) तिरी यसै कार्यालयबाट बोलपत्र फाराम खरिद गरी १६औं दिन मध्याह्न १२:०० बजेसम्म आफूले बुझाउन प्रस्ताव गरेको बहाल रकम अङ्क र अक्षरमा लेखी सहीछाप सिलबन्दी गरी फाराम पेस गरिसक्नुपर्नेछ । प्राप्त बोलपत्रहरू सोही दिन दिउँसो २:०० बजे कार्यालयमा खोलिनेछ । विस्तृत जानकारीका लागि यस कार्यालयको सूचना पाटी तथा www.guthisansthan.org.np हेर्नुहुन सूचित गरिन्छ ।
नोट : जग्गा/पोखरीको बहाल सर्तहरू कार्यालयको सूचना पाटीमा टाँस गरिनेछ । बहालमा लिने जग्गा/पोखरीको कित्ता नं., क्षेत्रफल अथवा कुनै द्विविधा भएमा वा अन्य कुनै विषयमा जानकारी प्राप्त गर्नुपरेमा यस कार्यालयमा सम्पर्क राख्न सकिनेछ । गुठी संस्थान शाखा कार्यालय महोत्तरी, फोन नं. ०४४-५२००७४
Notice Source : Gorkhapatra