Merchandise Now
२७ पुष २०८१, शनिबार

क्याटलग सपिङ विधिबाट क्याम्पस बस खरिद

७ बैशाख २०८०, बिहीबार

उर्लाबारी बहुमुखी क्याम्पस उर्लाबारी, मोरङ, कोशी प्रदेश

क्याटलग सपिङ विधिबाट क्याम्पस बस खरिद सम्बन्धी सूचना

प्रथमपटक प्रकाशित मिति : २०८०/०१/०७

यस उर्लाबारी बहुमुखी क्याम्पसको लागि एक थान ५० सिटर क्याम्पस बस (स्कुल बस) आवश्यक पर्न गएको र उर्लाबारी नगरपालिकाले चालु आ.व. २०७९/०८० मा क्याम्पसलाई एक थान क्याम्पस बस खरिदको लागि अनुदान दिने भएकोले नेपाल सरकारबाट आवश्यक कर छुट माग गरी करछुट पछीको हुन जाने न्युनतम लागत मूल्यमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ८ को उपदफा १ (क८) तथा सार्वजनिक खरिद नियमावली २०६४ (संसोधन सहित) को नियम ३१ख बमोजिम क्याटलग सपिङ विधीबाट खरिद कार्य गर्नुपर्ने भएको हुँदा इजाजत प्राप्त उत्पादक वा अधिकृत विक्रेताले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र नविकरण भएको इजाजत पत्र, आयकर र मूल्य अभिवृद्धि करदाता दर्ता प्रमाणपत्र र गत आ.व. को करचुक्ता गरेको प्रमाणपत्रको प्रतीलीपीहरू समेत राखी उत्पादकको बसको आधिकारिक स्पेसीफीकेसन, गुणस्तर, मूल्य तथा सुविधा सहितको विवरण (क्याटलग वा ब्रोसर) हरु समावेस गरी सिलबन्दी प्रस्ताव (निवेदन) सहित मिति २०८०/०१/१३ गते विहान ११:०० बजे भित्र क्याम्पस प्रशासनमा दर्ता गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ । रित नपुगी तथा म्याद नागी आएका प्रस्तावउपर कुनै कारवाही हुनेछैन । प्राप्त प्रस्तावहरु स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस क्याम्पसमा निहित रहनेछ । क्याम्पस बसको खरिद आह्वान सूचना तथा विस्तृत प्रविधिक स्पेसीफीकेसन क्याम्पसको वेबसाइट www.umc.edu.np मा हेर्न सकिनेछ वा क्याम्पसको आधिकारिक मोबाइल नं. ९८५२०४२७०० मा सम्पर्क गरी इमेल मार्फत पनि प्राप्त गर्न सकिनेछ वा क्याम्पसको सुचनापाटीमा हेर्न सकिनेछ ।
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 

अन्य समाचार

  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन