Merchandise Now
२० पुष २०८१, शनिबार

क्याटलग/ ब्रोसर सपिङ बिधिबाट व्यकहो लोडर (Backhoe Loader) खरिद

३० श्रावण २०८०, मंगलवार
स्वर्गद्वारी नगरपालिका, ‘नगर कार्यपालिकाको कार्यालय भिंगृ, प्यूठान, लुम्बिनी प्रदेश, नेपाल क्याटलग/ ब्रोसर सपिङ बिधिबाट व्यकहो लोडर (Backhoe Loader) खरिद गर्ने सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशन मिति : २०७९ / ०४ / २९ गते)

यस कार्यालयको आ. व. २०८० / ०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कार्यालयको लागि आवश्यक पर्ने उपकरण, सार्वजनिक खरिद ऐन, २०६३ (संसोधन सहित) को दफा ८ उपदफा १ (क) (८) तथा सार्वजनिक खरिद नियामावली, २०६४ (नवौं संसोधन सहित) को नियम ३१ (ख) बमोजिम त्यस्तो उपकरण उत्पादक कम्पनी वा सोको आधिकारिक बिक्रेताहरू बीच मात्र प्रतिस्पर्धा गराउने ( क्याटलग सपिङ) विधिबाट खरिद गर्नुपर्ने भएकोले आधारिकताको प्रमाण पत्र (Letter of Authorization), बिक्रेताले अद्यावधिक नविकरण भएको पत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र, आ. व. २०७८/०७९ सम्मको कर चुक्ता वा म्याद थप गरेको प्रमाणित कागजात, उक्त उपकरण सप्लाई गरेको हाल सम्मको बिस्तृत विवरण, सम्बन्धित कार्य अनुभवको प्रमाण पत्र, उत्पादनको आधिकारिक प्राबिधिक स्पेशिफिकेशन, गुणस्तर तथा सुबिधा सहितको विवरण ( क्याटलग वा ब्रोसर) संग्लन राखी यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र (मिति २०८०/०५/०३ गतेको कार्यालय समय भित्र) यस कार्यालयमा सिलबन्दी प्रस्ताव हार्डकप दर्ता / ई-मेल मार्फत प्रस्ताव दर्ता गर्नु हुन यस कार्यालयमा सुचिकृत भएका सम्बन्धित उत्पादक वा आधिकारिक बिक्रेताको जानकारीको लागि साथै सुचिकृत नभएका फर्महरूले पनि समयभित्र सुचिकृत भई प्रस्ताब दर्ता गर्न सक्ने गरि सूचना प्रकाशित गरिएको छ । यो सूचना सार्वजनिक खरिद नियमावली, २०६४ (नवौं संसोधन सहित) को नियम ३१ (ख) बमोजिम आव्हान गरिएको छ । पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा विदा पछिको कार्यालय खुलेको दिन निवेदन पेश गर्न सकिने छ । थप जानकारी आवश्यक परेमा कार्यालयको वेबसाइट www.swargadwarimun.gov.np वा फोन नं : ९८५७८३६१०१ मा सम्पर्क गर्न सकिने छ ।

Notice Source : News Butwal Today 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन