Merchandise Now
२७ पुष २०८१, शनिबार

कागेश्वरी मनोहरा नगरपालिका लाई कारवाही किन नगर्ने सम्बन्धी सूचना

१३ बैशाख २०८०, बुधबार
कागेश्वरी मनोहरा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय थली, काठमाडौ
कारवाही किन नगर्ने सम्बन्धी सूचना

यस नगरपालिकाको कार्यालय अन्तर्गत तपसिलका योजनाहरुको कार्यान्वयनको लागि ठेक्का सम्झौता गरेको निर्माण व्यवसायीले सम्झौता बमोजिम कामको प्रगति नगरेको, लामो समयदेखि कार्य नगरी निर्माण कार्य अधुरो छोडेको तथा पछिल्लो समय सार्वजनिक खरिद नियमावली २०६४ (बाहौ संसोधन) अनुसार म्याद थप हुँदा समेत गरेको प्रतिबद्धता अनुसार कार्य नभएको, पटक पटक मौखिक तथा लिखित सूचना गरी ताकेता गर्दा समेत निर्माण कार्यप्रति वेवास्ता गरी निर्माण स्थल अलपत्र पारेको र कार्य सम्पन्न गर्नेतर्फ कुनै पहल समेत नगरेको हुँदा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ र ठेक्का सम्झौता शर्त बमोजिम कारवाही किन नगर्ने ? कारवाही नहुने कुनै मनासिव कारण भएमा यो सूचनाको ७ (सात) दिनभित्र विश्वसनीय स्पष्टिकरण र समयमै निर्माण सम्पन्न गर्ने भरपर्दो कार्यतालिका सहित उपस्थित हुन यो सूचना प्रकाशित गरिएको छ । समयमा उपस्थित भई स्पष्टिकरण पेश नगरेमा वा प्राप्त स्पष्टिकरण चित्त बुझ्दो नभएमा ठेक्का सम्झौता शर्त तथा सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम कानूनी कारवाही प्रक्रिया अगाडी बढाइने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन