Merchandise Now
२० पुष २०८१, शनिबार

आन्तरिक सजावट तथा स्थिर सम्पतिहरू बिक्री

३२ श्रावण २०८०, बिहीबार
हिमालयन बैंक लिमिटेडको शाखा कार्यालयहरुको आन्तरिक सजावट तथा स्थिर सम्पतिहरू बिक्री गर्ने सम्बन्धी ७ दिने सूचना
  1. Furniture and Fixtures.
  2. Leasehold Improvement (Electrical, Network, Communication and Allied works )
  3. Air Conditioners

शर्तहरू :

  • सम्पत्ति तथा मालसामानहरू कति मुल्यमा खरिद गर्न चाहेको हो सोको व्यहोरा स्पष्ट बुझिने गरी उल्लेख गर्नुपर्नेछ । बोलपत्रदाता व्यक्ति भएमा बोलपत्रकासाथ नागरिकता प्रमाणपत्रको प्रतिलिपि र कम्पनी, फर्म वा संस्था भएमा अद्यावधिक सहितको दर्ता प्रमाणपत्रको प्रतिलिपि स्थायी लेखा प्रमाणपत्रका प्रतिलिपि, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारिक व्यक्तिको नागरिकताको प्रतिलिपि समेत संलग्न गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्रदाताले बोलपत्रमा उल्लेखित रकमको ५ प्रतिशत रकम धरौटी स्वरुप हिमालयन बैंक लिमिटेडको नाममा जम्मा गरेको नगदी भौचर बैंक समक्ष पेश गर्नुपर्नेछ ।
  • बोलपत्र स्वीकृत भएका संस्था वा व्यक्तिले खरिद गरिने सम्पत्ति प्राप्तिको लागि बोलपत्रमा उल्लेखित रकम प्रस्ताव स्विकृत भएको सूचना पाएको मितिले ७ दिन भित्र यस बैंकको बैंक खातामा जम्मा गरिसक्नुपर्नेछ, अन्यथा धरौटी वापत जम्मा गरेको रकम जफत हुनेछ ।
  • प्राप्त बोलपत्र / प्रस्तावहरू कारण देखाइ वा नदेखाइ पुर्ण वा आंशिक रुपमा स्वीकृत वा अस्वीकृत गर्ने वा प्राप्त प्रस्ताव उपर पुनः नेगोसिएसन एवम् वार्ता गर्ने सर्वाधिकार यस बैंकमा सुरक्षित रहनेछ ।

बोलपत्र फारम यस बैंकको सम्बन्धित शाखा बाट लिन सकिनेछ ।

वोलपत्र स्वीकृत भएको अवस्थामा लिलाम विक्रीबाट खरिद गरिएको सम्पत्ति खरिदकर्ताले लिएर जान चाहेको अवस्थामा आफ्नै खर्चमा स्थानान्तरण गर्नुपर्नेछ ।

उल्लेखित सर सामानहरुको निरीक्षण हिमालयन बैंक लिमिटेडको सम्बन्धित शाखामा कार्यालय समयभित्र गर्न सकिनेछ ।

नोट : १) सम्पत्तिको विस्तृत विवरण बोलपत्र फारमसँग प्राप्त गर्न सकिनेछ । २) शिलबन्दी बोलपत्र प्रस्ताव पेश गर्ने सम्बन्धमा फर्म, शर्तहरु तथा अन्य जानकारी आवश्यक भएमा बैंकको बैंकको प्रधान कार्यालय, कमलादी स्थित सामान्य प्रशासन विभागमा सम्पर्क गर्नहुन अनुरोध गरिन्छ 
Himalayan Bank Ltd. हिमालयन बैंक लि. केन्द्रीय कार्यालय

सामान्य प्रशासन विभाग, कमलादी,

फोन नं. ०१-४२२७७४९, पो.ब.नं. २०५९० काठमाडौं ।

Notice Source : Nagarik 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन