आ.व. २०८०/०८१ को लागि नदिजन्य पदार्थको विक्रीका लागि बोलपत्र आव्हान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति : २०८० भाद्र २९ गते
Notice Source : Annapurna Postस्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ को उपदफा २ को घ. (६) तथा सोही ऐनको दफा ६२ (क) बमोजिम बेनीघाट रोराङ गाउँपालिकाको आर्थिक ऐनको व्यवस्था बमोजिम तपसिलमा उल्लेखित नदिहरुको स्वीकृत घाटहरुबाट निर्धारित मापदण्ड बमोजिम नदिजन्य पदार्थ उत्खनन गरि बेनीघाट रोराङ गाउँपालिकाले तोकेको दरमा बिक्री गर्नको लागि बोलपत्र आव्हान गरिएको छ । इच्छुक फर्म/कम्पनिहरुले फर्म / कम्पनीको दर्ता प्रमाणपत्र, नवीकरण भएको प्रमाणपत्र, मु.अ. कर दर्ता प्रमाण पत्र, आ.व. २०७८/०७९ को आयकर चुक्ता प्रमाण पत्र, र नेपाली नागरिकताको प्रतिलिपिहरु संलग्न गरि सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO ) को वेवसाइट www.bolpatra.gov.np/egp मार्फत बो लपत्र कागजात प्राप्त गरी बोलपत्र कागजातमा रहेका शर्तहरुको अधिनमा रही तोकिएको मिति र समय भित्र www.bolpatra.gov.np/egp मार्फत विद्युतिय माध्यमबाट बोलपत्र प्रकृयामा बढाबढ हुने गरी सहभागि हुन सम्बधित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।