सवारी साधन जीप खरिद गर्ने बारेको टेण्डर आह्वान
प्रथम पटक सूचना प्रकाशित मिति : २०८०/०५/२२
यस नवजीवन सहकारी संस्था लिमिटेड धनगढी, कैलालीको लागि आवश्यक १ (एक) थान सवारी साधन जीप खरिद गर्नुपर्ने भएकोले टेण्डर फाराममा उल्लेखित विवरण अनुसारको जीप सप्लाई गर्न ईच्छुक फर्मले फर्म/कम्पनी दर्ता प्रमाणको प्रतिलिपी, मूल्य अभिबृद्धि कर दर्ता प्रमाण, कम्पनिको अधिकृत विक्रेताको प्रमाण, क्याटलग र कर चुक्ता प्रमाण संलग्न गरि संस्थाले निर्धारण गरेको टेण्डर फाराममा (मुल्य अभिवृद्धि कर ) सहित के कति दरभाउमा उपलब्ध गराउन सकिन्छ, सो समेत स्पष्ट उल्लेख गरि प्रथम पटक सूचना प्रकाशित मितिले ३५ दिनभित्र यस संस्थाको प्रधान कार्यालय धनगढीमा सिलबन्दी टेण्डर पेश गर्न आव्हान गरिन्छ । टेण्डर फाराम रु. १०००/- (एक हजार) जम्मा गरि संस्थाको प्रधान कार्यालय धनगढीबाट लिन सकिनेछ । म्याद समाप्त भइ आएको र प्रकृया नपुगेको टेण्डर उपर कुनै कार्यबाही गरिने छैन । दाखिला हुन आएको टेण्डरहरु म्याद समाप्त भएको भोलीपल्ट दिउसो २:०० बजे टेण्डरदाताहरुको रोहबरमा खोलिनेछ । तर टेण्डर दाताहरुको अनुपस्थितिले मात्र टेण्डर खोल्नमा कुनै बाधा पुग्ने छैन । दाखिला हुन आएका टेण्डरहरु स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संस्थामा सुरक्षित रहनेछ । विस्तृत जानकारीका लागि कार्यालय समयभित्र संस्थामा सम्पर्क गर्न सकिनेछ ।नवजीवन सहकारी संस्था लि. प्रधान कार्यालय, धनगढी, कैलाली, फोन नं. ०९१-५२०२८३ Notice Source :Abhiyan