Merchandise Now
९ मंसिर २०८१, आईतवार

पुराना मेशिन, उपकरण, फर्निचर लगायत अन्य सामान लिलाम विक्रि

११ भाद्र २०८०, सोमबार
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, महाबौद्ध, काठमाण्डौं

पुराना मेशिन, उपकरण, फर्निचर लगायत अन्य सामान लिलाम विक्रिको लागि बोलपत्र आव्हानको सूचना

यस अस्पतालमा मौज्दातमा रहेका पुराना मेशिन, उपकरण, फर्निचर तथा अन्य सामानहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा बोलपत्रको माध्यमद्वारा लिलाम बिक्री गर्नुपर्ने भएकाले इच्छुक फर्म, संस्था | वा कम्पनीले देहायका शर्तहरुको अधिनमा रही बोलपत्र पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । १. उक्त समानहरुको न्यूनतम् मूल्य भ्याट बाहेक ने.रु. ४,०३,७४,४०९ / ३० (अक्षरुपी चार करोड तीन लाख चौहत्तर हजार चार सय नौ पैसा तीस मात्र ) कायम गरिएको छ । जसमा बोलकबोल गरेको कूल जम्मा रकममा मूल्य अभिवृद्धि कर (भ्याट) अतिरिक्त लाग्नेछ ।

इच्छुक बोलपत्रदाताले २०८०।०५।३१ गतेसम्ममा अस्पताल समयभित्र फिर्ता नहुने गरी रु. २०००/- यस अस्पतालको प्रभु बैंकमा रहेको चि. वि. रा.प्र. वीर अस्पतालको बैंक खाता नं. ०२३०१३१४१४००००११ मा रकम बुझाएको सक्कल भौचर सहित बोलपत्रदाताको फर्म दर्ता प्रमाणपत्र फाराम खरिदको लागि निवेदन पेश गर्नु पर्नेछ ।

बोलपत्र प्रथम पटक प्रकाशित भएको मितिले २२ औं दिनको १२:०० बजेभित्र यस अस्पतालमा दर्ता गरी सक्नु पर्नेछ ।

अस्पतालमा दर्ता भएका बोलपत्रहरु २२ औं दिनको २:०० बजे बोलपत्रदाता वा निजको प्रतिनीधिहरुको रोहवरमा यस अस्पतालमा खोलिनेछ । तर बोलपत्रदाता वा निजको प्रतिनीधि उपस्थित नभएको कारणले मात्र बोलपत्र खोल्न बाधा पर्नेछैन ।

लिलाम बिक्री हुने पुराना मेशिन, उपकरण, फर्निचर तथा अन्य सामानहरु हेर्न चाहने बोलपत्रदाताले अस्पताल समयभित्र जनरल तथा मेडिकल स्टोरमा सम्पर्क राख्नु पर्नेछ ।

बोलपत्रदाताले बोलपत्रसाथ जमानत वापत आफूले कबोल गरेको दररेट अनुसारले हुन आउने कूल रकमको दश प्रतिशत रकम कोष तथा लेखा नियन्त्रक अस्पतालको नाममा राष्ट्रिय वाणिज्य बैक, त्रिपुरेश्वर शाखामा रहेको धरौटी खाता नं. १७००१००१०२०३०००० मा जम्मा गरी सोको सक्कल बैंक भौचर वा यस अस्पतालको नाममा जारी भएको कम्तीमा १२० दिन म्याद भएको बैंक जमानत, (विड वण्ड) पेश गर्नु पर्नेछ ।

बोलपत्र खरिद गर्ने दाखिला गर्ने र खोल्ने अन्तिम दिन विदा परेको खण्डमा त्यसको लगत्तै अस्पताल खुलेका दिन बोलपत्र खरिद गर्ने दाखिला गर्ने र खोल्ने दिन मानिनेछ ।

Notice Source : Gorkhapatra 

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन