Merchandise Now
९ मंसिर २०८१, आईतवार

ढुंगा गिट्टी र बालुवा जस्ता प्राकृतिक श्रोतको बिक्री

१० भाद्र २०८०, आईतवार
नौबहिनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, लुङ्ग बाहने, प्यूठान, लुम्बिनी प्रदेश, नेपाल
ढुंगा गिट्टी र बालुवा जस्ता प्राकृतिक श्रोतको बिक्रीको लागि बोलपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति : २०८०/०५/०४८

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६४ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरि यस नौबहिनी गाउँपालिका गाउँ कार्यपालिकाको निर्णयानुसार प्राकृतिक स्रोत कर असुली सम्बन्धी कार्य आ.व २०८०/०८१ को लागि ठेक्काद्वारा गराउन यो सूचना प्रकाशित गरिएको छ । सूचना प्रकाशित भएको मितिले तोकिएको म्यादभित्र कानुनी प्रकृया पूरा गरेका ईच्छुक फर्म कम्पनीहरुले बोलपत्र फारम दस्तुर जम्मा गरि देहाएको मिति र समयभित्र हार्ड कपी (Hard copy ) मार्फत बोलपत्र पेश गर्नुहुन सुचित गरिन्छ । अन्य थप जानकारीका लागि यस कार्यालयको सुचनापाटी, तथा कार्यालयको वेभ साईट (www.naubahinimun.gov.np) तथा कार्यालय समयभित्र यस गाउँ कार्यपालिकाको कार्यालयको राजश्व शाखामा राख्न सकिनेछ ।

ढुङ्गा, गिट्टी, वालुवको दररेट प्रति क्युविक फुट (लुम्बिनी प्रदेश आर्थिक ऐन २०८०) बमोजिम ने.रु. ६ ( मू.अ.कर बाहेक )
  • बोलपत्र फारमको लागि बोलपत्र दाखिला हुने समयभित्र बोलपत्रदाताहरुले बोलपत्र फारम दस्तुर रकम यस कार्यालयको नेपाल इन्भेष्टमेण्ट बैक वाहने शाखामा रहको आन्तरिक राजश्व खाता नं ०७६०१४००२५०१४६ मा जम्मा गरेको बैंक भौचर र आवश्यक सबै कागजातहरु यस कार्यालयमा पेश गर्नुपर्ने छ ।
  • बोलपत्र फारमहरु नियमानुसार यस गाउँपालिकाको बोलपत्र फारम भरी बोलपत्रदाताले नेपाली नागरिकताको प्रमाण पत्रको अतिरिक्त व्यक्ति, संस्था : फर्म वा कम्पन्नीले व्यवसाय दर्ता प्रमाणपत्र ( कर सहितको प्रमाण मु. अ. पत्र र स्थाई लेखा नम्बर तथा आर्थिक वर्ष ०७२/०८० को कर चुक्ता वा म्याद थप, बोलपत्रको लागि योग्य रहेको र बोलपत्रदाताको लेटरहेडमा कुनै कार्यमा कसुर नभएको र सजाय नपाएको भनि स्वो घोषण पत्र, सम्बन्धित कार्यको लागि अख्तियारी पत्र मिति २०८०/०५/२३ दिनको १२:०० बजेभित्र पेश गर्नुपर्ने छ । र पेश भएका बोलपत्रहरु सोहि दिनको १:०० बजे यस कार्यालयमा बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा बोलिने छ, बोलपत्रदाता वा प्रतिनिधिको उपस्थिति नभएमा पनि बोलपत्र खोल्न वाधा पर्ने छैन ।
  • वोलपत्र फारम भरी पेश गर्दा आफुले कबोल गरेको रकम अंक र अक्षरमा प्रष्टसंग लेखि तोकिएको धरौटी रकम यस कार्यालयको नेपाल इन्भेष्टमेण्ट बैंक नौबहिनी गाउँपालिकाको बहाने शाखामा रहेको धरौटी खाता नं ०७६०१४००२५००२३ मा जम्मा गरेको सक्कलै बैक भौचर वा बैंकले यस कार्यालयको नाममा जारी गरेको कम्तिमा बोलपत्र दाखिला गर्ने अन्तिम मितिवाट ७५ दिनसम्म म्याद भएको रितपुर्वकको बैंक जमानी पत्र पेश गर्नुपर्ने छ । कवोल गरेको रकम अंक र अक्षरमा ( Bid Bond) लेखिएको व्यहोरा फरक परेमा अक्षरमा लेखिएको लाई मान्यता दिइनेछ ।
  • अन्य जानकारीको लागि नौबहिनी गाउंपालिकाको वेभ साइटमा हेर्न सकिने छ ।

प्रमुख प्रशासकिय अधिकृत

 
Notice Source : Madhyanha 
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन