नेपाल सरकार, अर्थ मन्त्रालय,, भन्सार विभाग वीरगञ्ज भन्सार कार्यालय वीरगञ्ज म. न. पा.-१६, इनर्वा, पर्सा, नेपाल
विभिन्न सवारी साधन (मोटरसाईकल) सिलवन्दी बोलपत्रद्धारा लिलाम बिक्री गरीने बारेको सूचना
(सूचना प्रकाशित मिति २०८०/०३/०७)
यस कार्यालयमा भन्सार छली चोरी निकासी/पैठारी अभियोगमा दाखिला भएका विभिन्न सवारी साधन (मोटरसाईकलहरु) भन्सार नियमावली, २०६४ को नियम ३५ (१) बमोजिम जे जस्तो अवस्थामा छन् सोही अवस्थामा यस कार्यालयले सिलबन्दी बोलपत्रको माध्यमवाट लिलाम बिक्री गरिने भएकोले इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संघ संस्थाले यो सूचना प्रकाशित भएको मितिले २१ ( एक्काइस) दिन भित्र सूचनामा उल्लेखित शर्तहरुका अधिनमा रहने गरी गोप्य सिलवन्दी बोलपत्र आह्वान गरिएको छ । यस सम्बन्धी विस्तृत विवरण यस कार्यालय लगायत वीरगञ्ज स्थित जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय, मालपोत कार्यालय, वीरगञ्ज महानगरपालीकाको कार्यालय र वीरगञ्ज उद्योग वाणिज्य संघको सूचना पाटीका साथै भन्सार विभागको वेबसाइट www.customs.gov.np र यस कार्यालयको वेबसाइट www.customs.gov.np/birgunj मा गई यस कार्यालयको लिङ्कमा राखिएको सूचनाबाट समेत हेर्न सकिने छ । नियमानुसार बोलपत्र फाराम दस्तुर बुझाई (फिर्ता नहुने गरी) यस कार्यालयवाट खरिद गर्न सकिनेछ । आफुले कबोल गरेको रकमको १०% ले हुने रकम एभरेष्ट बैक लिमिटेड भन्सार एरीया वीरगञ्जमा रहेको यस कार्यालयको धरौटी खाता नं. ०१५००१०५२०००६८ मा जम्मा गरी सोको सक्कल बैंक भौचर बोलपत्र फाराम साथ पेश गर्नु पर्नेछ । अन्य व्यहोरा बुझ्नु पर्ने भएमा कार्यालय समय भित्र यस कार्यालयको मुद्दा शाखाबाट बुझ्न सकिने छ ।