Merchandise Now
९ मंसिर २०८१, आईतवार

कालीमाटी तरकारी बजारमा चमेनागृह भाडामा सञ्चालन गर्न आव्हान

५ भाद्र २०८०, मंगलवार
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति

| चमेनागृह भाडामा सञ्चालन गर्न न्यूनतम रकममा बढाबढद्वारा बोलपत्र आह्वान सम्बन्धी सूचना

 समितिको कालीमाटी बजार क्षेत्रभित्र रहेका चमेनागृहहरू समितिले तोकिदिएको दररेटमा चिया नास्ता, स्वाजा लगायतका खाद्य पदार्थहरूको बिक्री वितरण गरी सञ्चालन गर्न कालीमाटी बजार बहुउद्देशिय भवन पश्चिम तर्फको चमेनागृह मासिक भाडा न्यूनतम रकम रु. २,४४,७९६ २० (अक्षरुपी दुई लाख चवालीस हजार सात सय छयानब्बे रुपियाँ बिस पैसा मात्र) मू.अ.क, घरबहाल कर र अन्य कर बाहेक, कालीमाटी बजार टङ्केश्वर गेटतर्फ चमेनागृह मासिक भाडा न्यूनतम रकम रु. ८०,६९०५० (अक्षरुपी असी हजार छ सय नव्वे रुपियाँ पचास पैसा मात्र) मू.अ.क, घरबहाल कर र अन्य कर बाहेक र बहुउद्देशिय भवन पूर्व तर्फको चमेनागृह मासिक भाडा न्यूनतम रकम रु. २,७३,३००/- (अक्षरुपी दुई लाख त्रिहत्तर हजार तिन सय मात्र) मू.अ.क, घरबहाल कर र अन्य कर बाहेक, मूल्य बढाबढ मार्फत ५ (पाँच) वर्षका लागि चमेनागृहहरू सञ्चालन गर्न इच्छुक व्यक्ति, फर्म, संघ/संस्था वा कम्पनीहरूलाई यो सूचना तेस्रो पटक प्रकाशित भएको मितिले २१ औं दिनसम्म वोलपत्र फाराम खरिद गरी २२औँ दिनको १२.०० बजे भित्रमा पेस गर्न आह्वान गरिएको छ । यस सम्बन्धी विस्तृत सूचना समितिको सूचना पाटीमा टाँस गरिएको छ । यस सम्बन्धी थप जानकारीका लागि समितिको कालीमाटीस्थित कार्यालयमा कार्यालय समयभित्र सम्पर्क राख्नुहुन सूचित गरिन्छ ।

 

Notice Source : Gorkhapatra 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन