Merchandise Now
९ मंसिर २०८१, आईतवार

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा क्यान्टिन भाडामा लिई सञ्चालन गर्न आव्हान

३ भाद्र २०८०, आईतवार

परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल विकास समिति

थापाथली, काठमाडौं (फोन नं. ०१-५३६०२३१)

कर्मचारी स्टाफ क्यान्टिन भाडामा दिने सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वान सूचना (गो.प.मा प्रथम पटक प्रकाशित मिति: २०८०|०५/०३)

यस परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कार्यरत कर्मचारीहरूका लागि आवश्यक कर्मचारीहरू स्टाफ | क्यान्टिन भाडामा दिई सञ्चालन गर्नुपर्ने भएकोले तपसिल बमोजिमको सर्तको अधीनमा रही सहुलियत दररेटमा खुवाउने गरी सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ । इच्छुक अनुभवी फर्म वा कम्पनीले दर्ता प्रमाणपत्र. | व्यवसाय दर्ता प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र, नवीकरणको प्रमाणित प्रतिलिपि संलग्न राखी यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र तपसिलका सर्तहरूको अधीनमा रही दरभाउपत्र खरिद / दर्ता गर्नहुन सूचित गरिन्छ । दरभाउपत्र १६औं दिनको १२:०० वजेसम्म दर्ता गरी सक्नुपर्नेछ र सोही दिन २:०० बजे दरभाउपत्र दाता वा निजको प्रतिनिधिको रोहबरमा दरभाउपत्र खोलिनेछ । निजहरूको अनुपस्थितिमा पनि दरभाउपत्र खोल्न सकिनेछ । दरभाउपत्र दर्ता गर्ने वा खोल्ने दिन बिदा परेमा सोको भोलिपल्ट सो कार्य गरिनेछ ।
तपसिल
  • १. यस अस्पतालको अर्थ शाखामा दरभाउपत्र फारामका लागि रकम रु.१,०००/- (फिर्ता नहुने) जम्मा गरेको भौचर संलग्न गरी निवेदन दिई अस्पतालको प्रशासन शाखाबाट ११:०० बजेदेखि ३:०० वजेसम्म दरभाउपत्र प्राप्त गर्न र दर्ता गर्न सकिनेछ ।
  • २. दरभाउपत्र दिँदा यस अस्पतालको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि., पुल्चोकको चल्ती खाता नं. ००४०१०१०००६१४५ मा धरौटी बापत रकम जम्मा गरी सोको सक्कल बैंक भौचर पेस गर्नुपर्नेछ । अस्पतालले कायम गरेको न्यूनतम धरौटी दरभाउपत्रको प्रकार मासिक बहाल रकम रु.
  • ३. अस्पतालका कर्मचारीहरूलाई बिक्री वितरण गरिने खाना / खाजा दरभाउपत्र साथ संलग्न मेनुमा तोके बमोजिमको सहुलियत दररेटमा नबढ्ने गरी पेस गर्नुपर्नेछ ।
  • ४. अस्पतालले कायम गरेको मासिक भाडा रकम रु. ३६,३००/- (अक्षरुपी छत्तीस हजार तीन सय रुपैयाँ) पूर्व निर्धारित (Default) हुनेछ । सोभन्दा घटी वा बढी कबोल गर्न पाइनेछैन ।
  • ५. विस्तृत जानकारीका लागि प्रशासन शाखामा सम्पर्क राख्न सकिनेछ ।
Notice Source :Gorkhapatra
 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन