आ.व. २०८०/८१ मा क्यापिटललाई आवश्यक पर्ने वस्तु र सेवा आपूर्ति गर्ने फर्म/कम्पनीको सूचिकरण बारे ।
(प्रकाशित मिति : २०८०/०५/०१)
यस क्यापिटललाई आ.व. २०८०/८१ को लागि आवश्यक पर्ने तपसिलमा उल्लेखित सामान तथा सेवाहरु आपूर्ति गर्ने प्रयोजनको लागि सम्बन्धित विषयको कारोबार गर्न स्वीकृति प्राप्त गरेका इच्छुक रजिष्टर्ड फर्म/कम्पनीहरुको सूचि दर्ता गराउनु पर्ने भएकोले आफुले आपूर्ति / प्रवाह गर्ने सर सामान एवं सेवाहरुको विवरण, फर्म/कम्पनीदर्ता प्रमाणपत्र ( नविकरण), स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र वा मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्र, पछिल्लो कर चुक्ता प्रमाणपत्र, कार्यदक्षता तथा अनुभवको प्रतिलिपि, सूचिदर्ताको निवेदन तथा आपूर्ति गर्ने सामानहरुको कोटेशन तथा आवेदन शुल्क रु. ५००/- (पछि फिर्ता नहुने गरि) समेत संलग्न गरि यो सूचना प्रकाशित मितिले १५ दिन भित्र कार्यालय समयमा यस क्यापिटलको केन्द्रिय कार्यालय, तेस्रो तल्ला, जे.डि.ए कम्प्लेक्स, बागदरवार, सुन्धारा, काठमाडौं स्थित सामान्य प्रशासन विभागमा दर्ता गराउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । आपूर्ति / उपलब्ध गर्नुपर्ने सामान तथा सेवाहरुको विवरण :
मसलन्द (स्टेशनरी) तथा छपाइ सम्बन्धि सम्पूर्ण कार्य
Machhapuchchhre Capital Limited Bagh Durbar, Kathmandu माछापुच्छ्रे क्यापिटल लिमिटेड
(Subsidiary of Machhapuchchhre Bank Limited)Ph: 01-5366325, 5349453, 5316343 Web : www.mcl.com.np Email: mclomcl.com.jp
Notice Source : Karobar