Merchandise Now
९ मंसिर २०८१, आईतवार

निःशुल्क प्राथमिक स्वास्थ्य सेवाका अत्यावश्यक औषधी तथा सर्जिकल सामाग्री खरीद

३० श्रावण २०८०, मंगलवार
गलकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय. गलकोट बागलुङ
निःशुल्क प्राथमिक स्वास्थ्य सेवाका अत्यावश्यक औषधी तथा सर्जिकल सामाग्री खरीद सम्बन्धी बोलपत्र आह्वानको सूचना

सूचना प्रकाशित मिति २०६० ०४ ३० पत्र नं० २०८०/०६१

यस गनकोट नगरपालिका अन्तर्गत स्वास्थ्य संस्थाहरुबाट आव २०६०/०६१ मा निशुल्क रुपमा वितरण गर्नका लागि अत्यावश्यक औषधी तथा जिल सामाग्रीहरु बोलपत्रको माध्यमबाट खरिद गर्नु पर्ने एक औषधी व्यवस्था विभागबाट इजाजत प्राप्त रजिष्टर्ड फर्म, कम्पनी वा सहाअधीनमा रही यो आव्हानको सूचना प्रकाशित गरिएको छ । कार्यालयमा सूचना प्रकाशित भएको मितिले ३० औं दिनको कार्यालय समय भित्र रु ३०००/- (अक्षरुपी एक हजार रुपैया मात्र फिर्ता नहुने गरि नगदको सक्त आम्दानी रसिद, आव २०७१, ०८० सम्मका लागि नविकरण गरिएको सम्बन्धीत विषयको कारोबार गर्ने गरि इजाजत प्राप्त कम्पनी वा फर्म तथा दर्ता प्रमाण पत्र, औषधि व्यवसायी प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र तथा मु अ कर दर्ता प्रमाणपत्र, आव २०७२/०८० को कर चुक्ता प्रमाणपत्र वा करमा विवरण पेश गरेको कागजात र नेपाली नागरिकताको प्रमाणपत्रको नोटरी पब्लिकद्वारा प्रमाणित गरिएका प्रतिलिपिहरु निवेदन साथ संलग्न राखी रु १०/- को टिकट टासी कार्यालय समय भित्र बोलपत्र दाता वा निजको प्रतिनिधिले यस कार्यालयबाट फाराम खरिद गर्न सक्नेछन् । बोलपत्र फाराम रितपूर्वक भरी यो सूचना प्रकाशित भएको मितिले ३१ औ दिनको १२.०० बजे भित्र सिलबन्दी गरि यस कार्यालयमा दर्ता गराइ सक्नु पर्नेछ । दर्ता भएको बोलपत्र सोही दिनको २:०० बजे बोलपत्र दाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिनेछ । बोलपत्र दाता वा निजका प्रतिनिधि उपस्थित नभए पनि बोलपत्र खोल्न बाधा पर्ने छैन। सिलबन्दी दरभाउपत्र खरिद गर्ने र दाखिला गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सो को भोलिपल्ट कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिने छ । बोलपत्र दर्ता गर्दा दरभाउपत्र जमानत वापत रु. १५,०००/- (अक्षरुपि नब्बे हजार रुपैया मात्र) ने बै लि. बागलुङ स्थित गलकोट नगरपालिका कार्यालय बागलुङको धरौटी खाता १२३०३०००००३००००००००१ मा नगदै जम्मा गरेको सक्कल भौचर वा नेपाल सरकारबाट मान्यता प्राप्त वाणिज्य बैंकबाट यस कार्यालयको नाममा जारी भएको बोलपत्र पेस गर्ने अन्तिम मिति बाट कम्तिमा ९० दिन म्याद भएको बिड वण्ड बोलपत्र साथ पेश गर्नु पर्नेछ । ४. बोलपत्रदाताले कवोल गरेको प्रत्येक आइटमको मु.अ. कर वाहेकको इकाइ मुल्यलाई अंक र अक्षरमा स्पष्ट बुझिने गरि उल्लेख गर्नु पर्नेछ । अंक र अक्षरमा उल्लेखित रकम फरक परेमा अक्षरमा उल्लेखित रकमलाई मान्यता दिइने छ । केरमेट भएको ठाउंमा सहिछाप गरी फर्म वा कम्पनीको छाप लगाउनु पर्नेछ । ४. नेपाल सरकारको हितलाई ध्यानमा राख्दै प्राप्त भएका बोलपत्रहरु पूर्णरुपमा स्वीकार गर्ने, आशिक रुपमा स्वीकार गर्ने वा पूर्ण रुपमा अस्वीकार गर्ने जस्ता सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ । ५. बोलपत्र दाताले आफुले खरिद गरेको बोलपत्र नै दर्ता गराउनु पर्नेछ । यस कार्यालयबाट प्रमाणित नभएको र एक फर्मले खरिद गरेको बोलपत्र अर्को फर्मले दाखिला गर्न पाउने छैन। साथै छायां प्रति तयार गरि पेश गरेको बोलपत्रलाई मान्यता दिइने छैन । ६. बोलपत्रदाताले बोलपत्र साथ आफु खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको, प्रस्तावित खरिद कारवाहीमा आफ्नो स्वार्थ नवाझिएको र सम्बन्धित पेशा र व्यवसाय सम्बन्धी कसूरमा आफुले सजाय नपाएको भनी लिखित रुपमा गरेको घोषणा सलग्न गर्नुपर्नेछ । ७. बोलपत्रको स्वीकृती समग्र प्याकेजको बोलकबोल अंक मध्ये न्युनतम मुल्यका आधारमा गरिने छ । ८. औषधिको म्यादको हकमा औषधि दाखिला हुने समयमा कम्तीमा १८ महिनाको Expiry Date बाकी भएको हुनु पर्नेछ । तर कुनै औषधि जम्मा Expiry Date १८ महिना भन्दा कम अवधिको हुने भएमा जम्मा Expiry Date कुल अवधिको ७५ प्रतिशत म्याद वांकी भएको हुनु पर्ने छ । ९. म्याद नाघी आएको, रित नपुगेको र शर्त राखी पेश भएको बोलपत्र उपर कारवाही गरिने छैन । १०. सप्लाई हुने औषधिको प्रत्येक प्याकिङको वाहिर उत्पादन मिति, Expiry date, Batch No तथा Supply For Ministry Of Health Nepal, नेपाल सरकारबाट निःशुल्क वितरणको लागि भन्ने वाक्याश उल्लेख हुनुपर्ने छ । ११. सप्लाइ हुने औषधि तथा सर्जिकल औजार सामाग्रीहरु WHO / GMP प्राप्त कम्पनीबाट उत्पादन भएको हुनु पर्नेछ । स्वदेशी औषधिको हकमा WHO/GMP Certificate को प्रमाणित प्रतिलिपि पेश गर्नु पर्नेछ । विदेशी कम्पनीबाट उत्पादित औषधिहरुको हकमा औषधि व्यवस्था विभागको पैठारी सिफारिस पत्रको प्रमाणित प्रतिलिपि पेश गर्नु पर्नेछ । १२. बोलपत्र खरिद गर्दा कम्पनी वा फर्मको आधिकारीक व्यक्ति स्वयं उपस्थित हुनु पर्नेछ र आफु उपस्थीत हुन नसकेमा उक्त संस्थाले आफुले पठाएको प्रतिनिधीको परिचय खुल्ने कागजात, संस्थाको छाप, आफ्नो लेटर प्याडमा “बोलपत्र खरिद गरि पाउँ भन्ने निवेदन पेश गरेमा बोलपत्र खरिद गर्न सकिने छ । १३ बोलपत्र सम्बन्धी अन्य कुरा बुझ्नु परेमा कार्यालय समय भित्र यस कार्यालयमा सम्पर्क गरि बुझ्न सकिने छ । १४. यस सूचनामा उल्लेख भएका कुराहरु उल्लेख भए बमोजिम र उल्लेख हुन छुट भएका कुराहरु सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ बमोजिम हुनेछ ।

Notice Source : Nepal Samacharpatra 

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

   
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन