Merchandise Now
९ मंसिर २०८१, आईतवार

पुराना सवारी साधनहरू लिलाम बिक्री

२६ श्रावण २०८०, शुक्रबार

नेपाल राष्ट्र बैंक, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग

पुराना सवारी साधनहरू सिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गर्नेसम्बन्धी सूचना

लिलाम सूचना न सम्पत्ति/ कार्यालय सवारी साधन/लिलाम/२०८०/८१/०१ यस बैंकको स्वामित्वमा रहेका देहायबमोजिमका पुराना सवारी साधनहरू जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा लिलाममा बिक्री गर्नुपर्ने भएकाले इच्छुक व्यक्ति वा फर्म/कम्पनीहरुबाट यो सूचना प्रकाशित भएको मितिले १० दिन (मिति २०८०/०५/०३) भित्र प्रत्येक सवारी साधनका लागि छुट्टाछुट्टै बोलपत्र फारम खरिद गरी मिति २०८०/०५/०४ गते सोमबार दिनको १:०० बजेभित्र (उक्त दिन बिदा परेमा कार्यालय खुलेको पहिलो दिन) देहायका शर्तहरूको अधिनमा रही सिलबन्दी बोलपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।

 

२. बोलपत्र साथ बोलपत्र जमानतबापत आफूले कबोल गरेको रकमको ( मू.अ.करसहित) पाँच प्रतिशतले हुन आउने रकम यस बैंकको बैंकिङ विभाग, बालुवाटारमा रहेको खाता नं. ११०९९०१-०११-२०३-५२४ मा नगद जम्मा गरेको सक्कल भौचर पेश गर्नु पर्नेछ । बोलपत्र स्वीकृत भएका व्यक्ति, फर्म वा कम्पनीहरूले यस बैंकमा राखेको उक्त धरौटी रकम लिलाम सकारेको सवारी साधनहरूको नामसारी भएपश्चात् मात्र फिर्ता गरिनेछ ।

३. लिलामसम्बन्धी बोलपत्र स्वीकृत भएको जानकारी दिएको मितिले ३ दिनभित्रसम्झौता गर्नु पर्नेछ । अन्यथा बोलपत्र रद्ध गरी धरौटीबापत जम्मा गरेको रकम जफत गर्न सकिनेछ । माथि उल्लेखित न्यूनतम मूल्यबाहेक लाग्ने सम्पूर्ण खर्च एवं भुक्तानी गर्नुपर्ने सम्पूर्ण प्रचलित कर लिलाम सकार्ने पक्षले व्यहोर्नु पर्नेछ । ४. उपरोक्त तालिकामा उल्लेखित बोलपत्र फारामको दस्तुर (पछि फिर्ता नहुने) यस बैंकको बैंकिङ विभागमा रहेको खाता नं. ११०००००-०३०-०१२-५२४ मा रकम जम्मा गरी यस बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागबाट खरिद गर्न सकिनेछ ।

लिलाम हुने सवारी साधनहरू हेर्न / बुझ्न चाहनेले कार्यालय समय बिहान १०:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म यस बैंकको केन्द्रीय कार्यालय, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग ( सम्पर्क नं. ४४१९८०४ – Ext. ३७२ र ३६६) मा सम्पर्क राख्न सकिनेछ ।

६. लिलाममा भाग लिन इच्छुक व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि वा आफ्नो परिचय खुल्ने प्रमाणित कागजात र इच्छुक फर्म वा कम्पनीले आफ्नो इजाजतपत्र तथा दर्ता प्रमाणपत्र (नवीकरण गरिएको) र स्थायी लेखा नम्बर लिएको वा मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणित प्रतिलिपि पेश गर्नु पर्नेछ ।

७. बोलपत्रसम्बन्धी सूचना यस बैंकको वेवसाइट www.nrb.org.np मा राखिएको छ ।

 

Notice Source : Gorkhpatra 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।  
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन