स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, काठमाडौं
सर्जिकल जन्य सामाग्रीहरुको लागि सिलवन्दी दरभाउपत्र आव्हनको सुचना
यस अस्पतालको चालू आ. व. ०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत अस्पताललाई आवश्यक पर्ने सर्जिकल सामाग्रीहरु खरिद गर्नको लागि योग्यता पुगेका इच्छुक इजाजत प्राप्त फर्म, कम्पनी, सप्लायर्स (व्यवसायी) हरू बाट सिलबन्दी दरभाउ पत्र आव्हानको सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ औं दिनको कार्यालय समय भित्र १०००।- (फिर्ता नहुने गरि ) तिरी खरिद गरी १६ औ दिनको १२ बजे भित्र अस्पतालको काउन्टरमा जम्मा गरेको सक्कल रसिद, मेडिकल सामाग्रीहरुको विक्री वितरण तथा आपूर्ति गर्न पाउने गरि नवीकरण भएको इजाजत प्रमाणपत्र, मु.अ.कर दर्ता प्रमाण पत्र तथा आ. व. ०७९/०८० को कर चुक्ता प्रमाण पत्र को प्रमाणित प्रतिलिपि वा कर विवरण बुझाउने म्याद थपको प्रमाणित प्रतिलिपि निवेदन साथ संलग्न राखि सिलबन्दी दरभाउपत्र पेश गर्न यो सूचना आव्हान गरिएको छ । यस सिलबन्दी दरभाउपत्र सम्बन्धी विस्तृत विवरण अस्पतालको वेबसाइट www.stidh.gov.np र अस्पतालको सूचना पाटीबाट हेर्न सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।
Notice Source : Abhiyan