सवारी साधन लिलाम विक्री गर्ने सम्वन्धी जरुरी सूचना ।
प्रथम पटक प्रकाशित मिति: २०८०/०४/२१
बागलुङ नगरपालिका नगर कार्यपालिकाको कार्यालय, बागलुङको नाममा रहेको तपशिल बमोजिमको सवारी साधन लिलाम बढावढ द्धारा विक्रि गर्नु पर्ने भएको हुँदा न्युनतम मुल्यमा नघट्ने गरी यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र गोप्य शिलवन्दी दरभाउ पत्र पेश गर्नु हुन सम्वन्धीत सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
सवारी साधनको विवरण: Mazda (कार): सवारी दर्ता नं. वा. १ झ ७२०६:मोडल नं. / ईन्जिन नं. / चेसिस नं. मोडल नं. ६०६ (१९९८): न्यूनतम मूल्य कैफियत १०,५०,०००/: ईन्जिन नं.: JMC- GF १०९१-१२३१० चेसिस न F5-45800- दरभाउ पत्र फाराम यस कार्यालयको राजश्व शाखाबाट खरिद गर्न सकिनेछ ।
- दरभाउ पत्र साथ आफुले कवोल गरेको रकमको १० प्रतिशतले हुने रकम यस कार्यालयको नामको नेपाल बैंक लि. बागलुङ शाखामा रहेको खाता नं. ०२२०३००००००००३००००४३ मा रकम जम्मा गरेको सक्कलै भौचर पेश गर्नु पर्नेछ ।
- तोकिएका शर्तहरु यस कार्यालयको सूचना पार्टीमा टाँसिएको छ । थप कुरा बुझ्नु परेमा कार्यालय समयमा कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध छ ।