Merchandise Now
९ मंसिर २०८१, आईतवार

पोखरी ठेक्कामा दिने सम्बन्धी ३० दिने सूचना

१८ श्रावण २०८०, बिहीबार
पोखरी ठेक्कामा दिने सम्बन्धी ३० दिने सार्वजनिक सूचना

(प्रथम पटक प्रकाशित मिति : २०८०।४।१८ गते)

यस कार्यालय अन्तर्गतको श्री बिन्दबासिनी माई गुठीको जिल्ला पर्सा सा. झौवा वडा नं. १ कि.नं. ६८ को क्षेत्रफल २ – १६-० पोखरी मत्स्यपालन (पानीखेती) गर्न ५ वर्षका लागि ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति, सङ्घ/संस्था, फर्म, कम्पनीहरूले यो सूचना प्रकाशन भएको मितिले ३० औं दिनसम्म कार्यालय समयभित्र रु. ३,०००/- (फिर्ता नहुने गरी) तिरी यसै कार्यालयबाट बोलपत्र फाराम खरिद गरी ३१औँ दिन मध्यान्ह १२:०० बजेभित्र आफूले बुझाउन प्रस्ताव गरेको ठेक अङ्क उल्लेख गरी सिलबन्दी प्रस्ताव पेस गर्नुहुन सूचित गरिन्छ । यस सम्बन्धी विस्तृत विवरण कार्यालयको सूचना पाटीमा हेर्न र कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने व्यहोरा सूचित गरिन्छ ।

गुठी संस्थान शाखा कार्यालय वीरगञ्ज फोन नं. ०५१-५२२३१५
Notice Source : Gorkhapatra   

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन