प्रेस काउन्सिल नेपालको सिलबन्दी दरभाउपत्रसम्बन्धी सूचना
प्रकाशित मिति : २०८०।०४।१७
प्रेस काउन्सिल नेपाल सञ्चारग्राम, तिलगङ्गा, काठमाडौंले आ.व. २०८०९८१ मा आवश्यक पर्ने देहायका कार्यहरु सिलबन्दी दरभाउपत्रको माध्यमद्वारा खरिद गर्नुपर्ने भएकोले उक्त कार्य गर्न चाहने इच्छुक व्यक्ति, फर्म, कम्पनीहरुले संस्था दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र र २०७८।०७९ सम्मको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि समावेश गरी प्याकेज अनुसार सूचना प्रकाशित भएको मितिले १५ औं दिन र सो दिन बिदा परे सोको भोलिपल्ट कार्यालय समयभित्र सिलबन्दी दरभाउपत्र रु. १०००/- (एकहजार रुपैयाँ / प्रति प्याकेज) मा खरिद गरी १६ औं दिनको १२:०० बजेभित्र रु. १०/- को टिकट टाँस गरी सिलबन्दी दरभाउपत्र पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
विस्तृत विवरण काउन्सिलको वेबसाइड www.presscouncilnepal.gov.np र प्रेस काउन्सिल सचिवालयको सूचना पाटीमा टाँस गरिएको छ ।
Notice Source : Gorkhapatra