खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. को सिन्धुली जिल्ला कमलामाई न.पा. वडा नं. ६ स्थित कि.नं. २५५ को करिब १ रोपनी क्षेत्रफल जग्गा र सो मा रहेको ५०० मे.टन क्षमताको गोदाम भाडामा दिने सम्बन्धी गोप्य शिलबन्दी दरभाउपत्र आहृवानको सूचना
(प्रथम पटक प्रकाशित मिति : २०८०/०४/१६)
यस कम्पनीको स्वामित्वमा रहेको सिन्धुली जिल्ला कमलामाई न.पा. वडा नं. ६ स्थित कि.नं. २५५ को करिव १ रोपनी क्षेत्रफल जग्गा र सो मा रहेको ५०० मे. टन क्षमताको गोदाम कम्पनीले तोकेको शर्तहरु बमोजिम ५ (पाँच) वर्षको लागि मासिक न्यूनतम रु. १०,०००।- (दश हजार) मा नघट्ने गरी भाडामा लगाउने निर्णय भएको हुँदा व्यवसायको प्रयोजन समेत खुलाई इच्छुक व्यक्ति, फर्म वा कम्पनीले यो सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात मिति २०८० / ०४ / ३० सम्म यस कम्पनीबाट रु.१,०००/- (एक हजार फिर्ता नहुने गरी) मा दरभाउपत्र खरिद गरी दरभाउपत्र फारम भरी १६ औं दिन अर्थात मिति २०८०/०४/३१ गते अपरान्ह १२:०० बजे भित्र यस कार्यालयमा पेश गर्न हुन सूचित गरिन्छ । साथै, उक्त दरभाउपत्र सोही दिन दिउँसो २:०० बजे प्रतिनिधिहरुको रोहवरमा खोलिने व्यहोरा समेत सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । विस्तृत जानकारीको लागि तलको ठेगानामा कार्यालय समय भित्र सम्पर्क राखी बुझ्न सकिने छ । अन्य विवरण दरभाउपत्र साथ संलग्न गरी उपलब्ध गराईनेछ । यो सूचना कम्पनीको वेवसाइट www.fmtc.org.np मा पनि हेर्न सकिने छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. सम्पत्ति व्यवस्थापन तथा पूर्वाधार विकास विभाग
प्रधान कार्यालय, काठमाण्डौं
फोन नं. ०१-४२४८८८३
Notice Source : Gorkhapatra