Merchandise Now
९ मंसिर २०८१, आईतवार

पुराना सामानहरू लिलाम बिक्री

११ श्रावण २०८०, बिहीबार
परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल विकास समिति, थापाथली पुराना सामानहरू लिलाम बिक्रीको सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०५०।०४।११)

यस अस्पतालको पुराना सामानहरू जे-जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम बिक्री गर्नुपर्ने भएकाले सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ । बिक्री गरिने कुल सामानको न्यूनतम मूल्य भ्याट समेत रकम रु.१,९३,७३५/- (अक्षरुपी एक लाख त्रियानब्बे हजार सात सय पैंतीस रुपियाँ) कायम गरिएकोले सो मन्दा कम रकम कबोल गर्न पाइनेछैन । इच्छुक व्यक्ति/फर्म वा कम्पनीले फर्म/कम्पनी दर्ता प्रमाणपत्र, नवीकरण, कर चुक्ता प्रमाणपत्र नोटरी पब्लिकबाट प्रमाणित प्रतिलिपि संलग्न गरी रु. १,०००। (फिर्ता नहुने) अस्पतालको नगद काउन्टरमा जम्मा गरेको भौचर संलग्न गरी निवेदन दिई अस्पतालको प्रशासन शाखाबाट यो सूचना प्रकाशित मितिले १५ औं दिनको ३:०० बजेसम्म दरभाउपत्र फाराम प्राप्त गर्न सकिनेछ । धरौटी बापत रकम रु.२०,०००/- (अक्षरुपी बीस हजार रुपियाँ ) यस अस्पतालको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि. पुल्चोक शाखाको खाता नं. ००४०१०१०००६१४५ मा जम्मा गरेको भौचर संलग्न गरी १६ औं दिनको १२:०० बजेसम्म सिलबन्दी दरभाउपत्र दर्ता गर्न सकिनेछ । सोही दिन दिनको २:०० बजे दरभाउपत्र दाता वा निजको प्रतिनिधिको रोहवरमा दरभाउपत्र खोलिनेछ । विस्तृत जानकारीका लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्न सकिनेछ ।

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
Newspaper :Gorkhapatra 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन