नेपाल रेडक्रस सोसाइटी नवलपरासी पश्चिम जिल्ला शाखाले विक्री वितरण गर्दै आइरहेको नेपाली नागरिकता प्राप्तीको आवेदन फारमहरु चालु आ.व. २०८०/०८१ का लागि रु. २,४०,०००।०० बराबरको (A4) साइजको गुणस्तरीय नेपाली कागजमा छपाईको कार्य र रक्तसञ्चार सेवाका लागि आवश्यक प्रयोगशाला सामाग्री रकम रु. १०,००,०००।०० बराबरको खरिद गर्नु पर्ने भएकोले VAT मा दर्ता भएको इच्छुक छापाखाना र प्रयोगशाला सामग्री आपूर्तिकर्ताले आफनो फर्म दर्ता नविकरण एवं करचुक्ताको प्रमाण पत्रको प्रतिलिपि, सहित आफुले कबोल गरेको कूल बोलपत्र रकमको ५% जमानी रकम राष्ट्रिय वाणिज्य बैक परासी शाखामा रहेको चल्ती हि.नं.३१००१०००००५३४००१ मा दाखिला गरेको संकल भौचर सहित यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र निम्न शर्तको अधिनमा रही यस जिल्ला शाखामा कार्यालय समय भित्र शिलबन्दी बोलपत्र पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएकोछ ।
- १. बोलपत्र फारम छपाईको हकम रु.५००।०० र प्रयोगशाला सामाग्रीको हकमा रु.२,०००।०० तिरी (फिती नहुने गरी) यस शाखाबाट खरिद गर्न सकिनेछ ।
- २. बोल पत्रको खाम वाहिर फर्मको नाम ठेगाना र बोलपत्रको शिर्षक स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ ।
- ३. फारम छपाइ गरिने गुणस्तरीय कागजको नमूना बोलपत्र संगै सलग्न भएको हुनु पर्नेछ ।
- ४. छपाई गरिने फारम र प्रयोगशाला सामाग्रीको विवरण र परिमाण बोलपत्रमा उल्लेख गरिनेछ ।
- ५. छपाई गरिने फारमको नमूना कार्यालयबाट उपलब्ध हुनेछ ।
- ६. आवश्यकताको आधारमा फारम छपाई तथा प्रयोगशाला सामाग्री खरिद गरिनेछ । ७. बोलपत्र सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार यस जिल्ला शाखामा सुरक्षित रहनेछ । ८. बोलपत्र खोल्ने समयमा फर्महरुको अनुपस्थितिले बोलपत्र खोल्न बाधा हुने छैन । ९. अन्य जानकारीको लागि फोन नं. ०७८-५२०५२६ मा सम्पर्क गर्न सकिनेछ । बोलपत्र आवेदन खोल्ने मिति : २०८० श्रावण १५ गते समय: सांझको ०५ : ३० बजे
स्थान : रेडक्रस कार्यालय भवन परासी ।
+ नेपाल रेडक्रस सोसाइटी
नवलपरासी पश्चिम जिल्ला शाखा
पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।
Notice Source : Parasipatra