चन्द्रागिरि हिल्स लि, थानकोट काठमाडौं, फोन न ०१-४३१२५१५, ४२११७१९ CHANDRAGIRI HILLS इमेल: sunil shakya@chandragirihills.com
सवारीसाधन बिक्रीसम्बन्धी सूचना
दोश्रो पटक प्रकाशित मिति २०८०/०४/०१
यस कम्पनीको नाममा रहेका सवारी साधनहरु बोलपत्रको माध्यमबाट विक्री गर्ने गरि २१ दिने म्याद राखि प्रथम पटक मिति २०६०/०२/१५ गतेका दिनमा नयाँ पत्रिकामा सूचना प्रकाशित गरिएकोमा उक्त तोकिएको म्याद भित्रमा कनै पनि व्यक्ति वा फर्म/कम्पनीबाट बोलपत्र फाराम भरी कम्पनीमा सम्र्पक गर्न नआएकोले पून दोश्रो पटक का लागि यो सूचना प्रकाशित गरिएको छ । कम्पनीको कार्यालय थानकोटमा रहेका सवारी साधनहरु जे जस्तो अवस्थामा छन सोही अवस्थामा खरिद गर्न इच्छुक व्यक्ति- संघसंस्था वा फर्मले प्रति वोलपत्र फाराम दस्तुर रु १००० रुपैया एक हजार फिर्ता नहुने गरि नगद जम्मा गरि सो को रसिद समेत संलग्न गरि वोलपत्र फाराम खरिद गर्न सकिने छ ।
दोश्रो पटक सूचना प्रकाशित गरेको मितिले १५ दिन भित्र बोलपत्र फाराम भरी पेश गरि सक्नुपर्ने छ । आफुले कबुल गरेको रकमको १० (दश) प्रतिशत धरौटी वापतको रकम यसै कम्पनीको नाममा रहेको खाता न ०९००१०१०००००६२ ग्लोबल आइएमई बैंक थानकोट शाखामा, बैक दाखिला गरेको भौचर अनिवार्य रुपमा बुझाउनु पर्ने छ ।
शर्तहरु :- बोलपत्र फाराम व्यक्तिको हकमा नेपाली नारिकताको प्रमाणपत्रको प्रतिलिपी र फर्म तथा संस्थाको हकमा त्यस्तो फर्म वा संस्थाको दर्ता प्रमाणपत्र र गत आ.व. को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी संलग्न गरी फारम दस्तुर वापतको रकम नगदै (फिर्ता नहुने) राखि यस कम्पनीको कार्यालय थानकोटमा बुझाएको रसिद अनिवार्य रुपमा संलग्न गर्नु पर्नेछ । यस कम्पनीबाट खरिद गरिएको बोलपत्र फाराममा सकार गर्न चाहेको सवारी साधनको विवरण, आफुले कबोल गरेको रकम अंक र अक्षरमा स्पष्ट उल्लेख गरि खाममा शिलवन्दी गरी खामबाहिर अवतरण चिन्ह (” ) भित्र “सवारीको बोलपत्र” लेखी दाखिला गर्नु पर्ने छ। फोटो कपी गरी पेश गरेको बोलपत्र फाराम मान्य हुने छैन । एक भन्दा बढी सवारी साधन सकार गर्न चाहनेले प्रत्येक सवारी साधनको लागी छुट्टाछुट्टै वोलपत्र फारम भरी पेश गर्नु पर्ने छ ।
- बोलपत्रमा आफुले कवोल गरेको रकम अंक अक्षरमा स्पष्ट संग उल्लेख गर्नु पर्ने छ । सच्याइएको वा केरमेट गरेको हकमा ठाँउमा वोलपत्रदाताको दस्तखत हुनु पर्ने छ । अंक अक्षरमा फरक भएमा अक्षरलाई मान्यता दिइने छ ।
- सवारी साधनको न्यूनतम मूल्य भन्दा घटी कवोल गरी वोलपत्र पेश गर्न पाइने छैन ।
- यस सम्बन्धि थप जानकारीको लागी यस कम्पनीको थानकोट स्थित कार्यालयमा आफै उपस्थित भई सम्पर्क गर्न सकिने छ । विस्तृत जानकारीको लागि मोवाइल नं ९८०२०८४००२ मा सम्पर्क गरि बुझ्न सकिने छ ।
- बोलपत्र स्वीकृत तथा अस्वीकृत गर्ने सर्वाधिकार यस कम्पनीमा सुरक्षित रहने छ ।