तादी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खरानीटार, नुवाकोट. बागमती प्रदेश, नेपाल
ढुंगा, गिट्टी, बालुवा, ग्राभेल, भरान (माटो) कर उठाउने ठेक्का सम्वन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति २०८०/०३/३१)
यस गाउँपालिकाबाट आर्थिक वर्ष २०८० ०८१ को स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ को दफा ११ (घ) को उपदफा २ अनुसार गाउँपालिकाभित्र भएर वग्ने IEE गरेका र घाटगद्दी तोकिएका नदी खोलाहरुमा ढुंगा, गिट्टी, बालुवा, ग्राभेल, भरान (माटो) आदि कूल संकलन देहाय बमोजिम घनमिटर मात्र विक्रीमा हुनेछ । प्रति घनमिटर रु. ३१७८७ :- (भ्याट वाहेक) को दरले कर दस्तुर रकम संकलनको लागि ठेक्का गर्नुपर्ने भएकोले ठेक्का लिन इच्छुक फर्म वा कम्पनीहरुबाट E-Bidding मार्फत तथा स्वयं उपस्थित भई वोलपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । सूचना अनुसार ठेक्का खरिद गर्दा तादी गाउँपालिकाको नाममा कृषि विकास बैंक लिमिटेड, खरानीटार शाखामा रहेको राजश्व खाता नं. 0213300985848022 मा देहायको टेण्डर दस्तुर बापतको रकम दाखिला गर्नुपर्नेछ । अन्य सूचना तथा शर्तहरुको विस्तृत जानकारीका लागि वेबसाइट www.bolpatra.gov.np/egp मा गई Tender document हेर्न तथा डाउनलोड गर्न समेत सकिनेछ । यो सूचना प्रकाशित भए बमोजिम खरिद भएका बोलपत्रहरु २०८० ०४ / ३१ गते १२:०० बजेभित्र दाखिला गरिसक्नुपर्नेछ । समयसीमा भित्र पेश गरिएका बोलपत्रहरु सोही दिनको १:०० बजे खोलिनेछ । नोटः ढुंगा, गिट्टी, बालुवा, ग्राभेल, भरान (माटो) बिक्री कर संकलन ठेक्का अवधि ठेक्का सम्झौता भई सम्झौता गरेको मितिले २०८१ आषाढ मसान्तसम्मको लागि मात्र मान्य हुनेछ ।