Merchandise Now
१० मंसिर २०८१, सोमबार

जग्गा खरीद सम्बन्धी बोलपत्र आव्हान

१९ असार २०८०, मंगलवार
इटहरी खानेपानी उपभोक्ता संस्थाको, जग्गा खरीद सम्बन्धी बोलपत्र आव्हानको ३० दिने सूचना प्रथम पटक प्रकाशित मिति: २०८०/०१/२१

सूचना नं.:- ०३ /२०७५/०८०

प्रस्तावित नयाँ इटहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत निर्माण हुने ४ वटा ओभरहेड ट्याङ्की तथा १४ वटा डिपवेल मध्ये १ ओटा ओभरहेड ट्याङ्की र ३ वटासम्म डिपवेल निर्माणका लागि इटहरी १९ नं. वडामा आवश्यक तपशिलको चारकिल्ला (क्षेत्र) र क्षेत्रफलको जग्गा खरीद गर्नुपर्ने भएकोले इच्छुक जग्गाधनीलाई यो सूचना प्रकाशित भएको मितिले तीस दिन भित्र तपशिलका कागजातहरूका साथ तपशिलका सर्तहरूको अधिनमा रही जग्गा बिक्रीको बोलपत्र यस संस्थाको कार्यालयमा दर्ता गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
 

कैफीयत

जंगलको सिमा क्षेत्रबाट दक्षिण, रामधुनि नगरपालिका वडा नं. ७ को सिमानाबाट पूर्व, बरमपुर चौकबाट पश्चिम र जंगलु टोलको सिधा पूर्व बढीमा १५ कठ्ठा सम्म | पश्चीमको उत्तर

बोलपत्रसाथ संलग्न गर्नुपर्ने कागजातहरु: १) जग्गाधनीको ना.प्र.प.को प्रतिलिपी । २) जग्गाधनी पुर्जाको प्रतिलीपी ३) हालसालै प्रमाणीत वडा नक्सा तथा कित्ता नं. स्पष्ट देखिने ब्लुप्रिन्ट / कम्प्युटर प्रिन्ट नक्साको सक्कलै प्रति । ४) आ.ब. २०७९/०८० सालको जग्गाको कर तिरेको रसीदको प्रतिलिपी । ५) संस्थागत जग्गाको हकमा जग्गाधनी पुर्जाको प्रतिलिपी र अख्तियारी प्राप्त व्यक्तिको पहिचान तथा अख्तियारनामाको कागज । बोलपत्रका शर्तहरुः १) बोलपत्र फाराम रू. ३,०००।- (तीन हजार) फिर्ता नहुने गरी तिरी यो सूचना प्रकाशित भएको मितिले ३० दिनसम्म कार्यालय समयमा यस संस्थाको कार्यालयबाट बोलपत्र फाराम खरिद गर्न सकिनेछ । २) बोलपत्र फाराम खरिद गर्दा जग्गाधनीको निवेदनसाथ नागरिकता प्रमाणपत्र र जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी पेश गर्नुपर्नेछ । ३) सूचना प्रकाशित भएको मितिले सोही दिन, दिनको २ बजे कार्यालये और दिन दिनको १२ बजेसम्म बोलपत्र दाखिला गर्नुपर्नेछ । दाखिला भएको बोलपत्र घ. बोलपत्रदाता वा निजको प्रतिनिधिहरूको रोहबरमा खोलिनेछ । सो समयमा बोलपत्रदाताहरू वा निजका प्रतिनिधिहरूको उपस्थिती नभए पनि बोलपत्र खोल्न बाधा पर्ने छैन  (४) एक जनाको नामबाट बिक्री भएको बोलपत्र अर्को जनाको नामबाट दाखिला गर्न पाइने छैन । यसो गरेको अवस्थामा दाखिला भएको बोलपत्र माथि कुनै कारवाही गरिने छैन । साथै रित नपुगेको, म्याद नाघी आएको तथा सूचनाको शर्त विपरीत भएको बोलपत्र माथि पनि कारवाही हुने छैन । बिक्री गर्न चाहेको
 

(११) बिक्री गर्न चाहेको जग्गा सिम (भास) तथा दलदल, नभएको हुनुपर्नेछ ।

१२) जग्गा पास रजिष्ट्रेशन दस्तुर बाहेकका अन्य कर तथा राजश्वहरू जग्गाधनी स्वयंले व्यहोर्नुपर्नेछ ।

१३) बोलपत्र मार्फत दर्ता हुन आएका जग्गाहरूको स्थलगत निरिक्षण गरी बढी क्षेत्रफलको वा घटी क्षेत्रफलको वा बढी मुल्यको वा घटी मुल्यको जग्गा खरीद गर्ने वा नगर्ने तथा बोलपत्रको म्याद थप्ने वा बोलपत्र रद्द गर्ने सम्पूर्ण अधिकार यस संस्थामा सुरक्षित रहनेछ ।

१४) जग्गाको मुल्य प्रति कठ्ठा अंक र अक्षर दुवैमा उल्लेख गर्नु पर्नेछ । अंक र अक्षरमा दररेट भरेको फरक परेमा अक्षरलाई मान्यता दिइनेछ । उक्त मुल्य तीन महिनासम्मका लागि बैध रहने छ ।

१५) संस्थाले भुक्तानी दिनु पर्ने जग्गाको रकम, जग्गा संस्थाको नाममा रजिष्ट्रेशन पास भए पछि मात्र भुक्तानी दिइनेछ । १६) बोलपत्र बिक्री गर्ने अन्तिम दिन तथा बोलपत्र दाखिला गर्ने र खोल्ने दिन सार्वजनिक विदा पर्न गएमा उक्त कार्यहरू सो को ‘भोली पल्ट हुनेछन् ।

१७) यस सूचनामा लेखिएका कुरा यसै बमोजिम र अन्य कुराका हकमा प्रचलित नेपाल कानून अनुसार हुनेछ ।

(१८) बोलपत्र सम्बन्धी कुनै कुरा बुझ्नुपरेमा कार्यालय समयभित्र यस संस्थाको कार्यालयमा सम्पर्क राखी बुझ्न सकिनेछ ।

इटहरी खानेपानी उपभोक्ता संस्था इटहरी – ४, सुनसरी फोन नं.:- ०२५-५८०७५८

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन