Merchandise Now
१० मंसिर २०८१, सोमबार

मुद्दती खातामा लगानी सम्बन्धी सिलबन्दी प्रस्ताव

२९ चैत्र २०७९, बुधबार
मुद्दती खातामा लगानी सम्बन्धी सिलबन्दी प्रस्ताव प्रथम पटक प्रकाशित मिति : २०७९।१२।२९

नेपाल विद्युत प्राधिकरणको विभिन्न खाताहरूमा रहेको रकम ६ महिने मुद्दती खातामा राख्नुपर्ने भएकोले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूबाट बढीमा ने.रु. १ अर्बसम्म निम्न विवरण अनुसार सिलबन्दी प्रस्ताव आह्वान गरिएको छ ।

१. प्रस्ताव दर्ता गर्ने अन्तिम मिति : पहिलो पटक सूचना प्रकाशित भएको मितिले पाँचौँ दिन २:०० बजेभित्र ने.वि.प्रा., संस्थागत वित्तीय विभागमा दर्ता गर्नुपर्नेछ । २. के कति प्रतिशत ब्याजदर दिन सकिन्छ प्रस्तावमा उल्लेख गर्नुपर्नेछ । ३. बैंकहरूको प्रस्ताव मूल्याङ्कन गर्दा निम्न बमोजिमका सूचकहरू आवश्यक पर्ने भएकोले सो विवरणहरू प्रस्तावसँग संलग्न गराउनुपर्नेछ । (२०७९ आषाढ मसान्तको लेखा परीक्षण सम्पन्न भएको )प्राप्त प्रस्तावहरू खोलिने मिति र स्थान : पाँचौं दिनको अपराह्न ५:०० बजे, संस्थागत वित्तीय विभाग । प्रस्ताव दर्ता गर्ने अन्तिम दिन तथा खोल्ने दिन सार्वजनिक बिदा पर्न गएमा सोको भोलिपल्ट कायम हुनेछ ।
नेपाल विद्युत प्राधिकरण संस्थागत वित्तीय विभाग दरबार मार्ग, काठमाडौं, फोन नं. ४१५३११९, ४१५३१२१  

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 

अन्य समाचार

  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन