Merchandise Now
११ मंसिर २०८१, मंगलवार

बाँकेमा पशुको दाना पिस्ने मेशिन र बिद्युतीय चारा मेशिन आपूर्ति गर्न आव्हान

१ फाल्गुन २०७९, सोमबार
बैजनाथ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, रामपुर बाँके, लुम्विनी प्रदेश नेपाल
प्रथम पटक प्रकाशित मिति: २०७९ /११/०१

यस बैजनाथ गाउँपालिका रामपुर बाँकेले आ.व. ०७९/८० का लागि पशुको दाना पिस्ने (Crusher machine) मेशिन र बिद्युतीय चारा मेशिन (Electrical Chaff Cutter machine) खरिद गर्नुपर्ने भएकाले निम्नानुसार हुनेगरी सम्बन्धित सबैको जानकारीका लागि सुचना प्रकाशित गरिएको ।

२. सम्बन्धित दरभाउ पत्र फारम खरिद गर्न चालु आ.व. ०७९।०८० का लागि फर्म नविकरण भएको ईजाजत पत्र दर्ता र आ.व. ०७८।०७९ को करचुक्ता भएको प्रमाण पत्रको प्रतिलिपी संलग्न राखी लिखित निवेदन साथ माथि उल्लेखित दस्तुर फिर्ता नहुने गरी तिरी ईच्छुक दरभाउ पत्र दाताले २०७९/११/१५ सम्म सो दिन बिदा परेमा अर्को दिन यस कार्यालय वाट खरिद गर्न सकिने छ ।

३. खरिद भएका दरभाउपत्रहरू २०७९ /११/१६ गते दिउँसो १२:०० वजे भित्र शिलवन्दी लाहछाप गरी खाममा बिवरण प्रस्ट खुलाई यस कार्यालयमा दर्ता गरि सक्नु पर्ने छ । दर्ता भएका दरभाउ पत्रहरू सोहि दिनको २:०० बजे उपस्थित दरभाउपत्र दाता वा निजको प्रतिनिधीहरूको रोहवरमा खोलिने छ । दरभाउपत्र दाताहरू वा निजको प्रतिनिधी नभएमा पनि दरभाउपत्र खोल्न वाधा पर्ने छैन ।

४. दरभाउ पत्र खरिद गर्ने वा दारिला गर्ने अन्तिम दिन बिदा परेमा लगतै कार्यालय खुलेको दिन सोहि समय अनुसार हुने छ ।

५. राजश्व दस्तुरको हकमा यस कार्यालयको एन.आई.सी. एसिया बैकमा रहेको खाता नं. 059CA59498380006 मा नगद जम्मा गरेको भौचर र विड बोण्डको हकमा (क) वर्गको बाणिज्य बैकको कम्तिमा ७५ दिनको म्याद भएको बैक जमानत पत्र वा यस कार्यालयको धरौटी खाता नं. 5941498380524002 मा नगद जम्मा गरेको सक्कल भौचर पेश गर्नु पर्ने छ ।

६. म्याद नाघि आएको रित नपुगेको र शर्त राखिएको दरभाउ पत्र उपर कारवाही हुने छैन ।

७. दरभाउपत्र दाताले दर रेट अंक र अक्षरमा अनिवार्य रूपमा ल्लेख गर्नु पर्ने छ । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिईने छ साथै केरमेट भएमा केरमेट भएको ठाउँमा हस्ताक्षर भएका हुनु पर्नेछ ।

८. बैजनाथ गाउँपालिकाको हितलाई ध्यानमा राखी दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रूपमा स्वीकृत गर्ने वा रद्ध गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहने छ ।

९. दरभाउपत्र सम्बन्धी कुनै कुरा बुझनु परेमा कार्यालय समय भित्र यस कार्यालयमा सम्पर्क राख्न सकिने छ ।

१०. यस सूचनामा तोकिएको हकमा यसै अनुसार र यसमा उल्लेख नभएको हकमा प्रचलित कानुन बमोजिम हुने छ ।

 
अन्य समाचार
 
  1. कृषि यान्त्रिकरण तथा प्रविधि प्रवर्द्धन कार्यक्रममा सहभागी हुन प्रस्ताव आव्हान
  2. भृकुटीमण्डपमा सञ्चालित सपिङ कम्प्लेक्स सटरहरु भाडामा दिने सम्बन्धि सूचना
  3. प्रहरी अस्पताललाइ PENTAX COMPANY कम्पनीको HIGH END VIDEO ENDOSCOPY मेशिन आपूर्ति गर्न आव्हान
  4. कक्षाकोठा फर्निचर खरिदको लागि टेन्डर सम्बन्धी सूचना
  5. १ रोपनी जग्गा आवश्यकता सम्बन्धी सूचना