Merchandise Now
२८ पुष २०८१, आईतवार

CIL-GPNSPL J.V. निर्माण व्यवसायीलाई निर्माण कार्य समयमा सम्पन्न गर्ने सम्बन्धी १५ दिने सूचना

१ फाल्गुन २०७९, सोमबार
नेपाल सरकार, शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग, बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाई, बुटवल, रुपन्देही

CIL-GPNSPL J.V. निर्माण व्यवसायीलाई निर्माण कार्य समयमा सम्पन्न गर्ने सम्बन्धी १५ दिने सूचना प्रकाशित मिति :- २०७१/११/०१

तपाई श्री CIL GPNSPL, Kalanki, Kathmandu ( Capacit ‘e Infraprojects Limited, Mumbai, India and Gauri Parbati Nirman Sewa Pvt.Ltd, Kalanki, Kathmandu. Nepal) & “Construction of Butwal International Exhibition Center, Butwal, Nepal (Contract No. DUDBC/BCIU/NCB/Works/01-74-75 ) ” कार्यको लागि मिति २०७८/०४/१२ सम्म निर्माण कार्य सम्पन्न गर्ने गरी मिति २०७५/ ११ / २६ मा यस कार्यालयसँग सम्झौता गर्नु भएकोमा तिन पटक गरी मिति २०८० / ०३ / १५ सम्म म्याद थप गरिएको अवधिमा समेत निर्माण कार्य सम्पन्न गर्ने तर्फ कुनै चासो नदेखाएको, न्यून गतिमा निर्माण कार्य गरिएको, निर्माण कार्यको प्रगति सम्बन्धि यस अघि गरिएको प्रतिवद्धता पालन नगरिएको, J.V. Agreement अनुसार ५१% को Share Partner को कुनै उपस्थिति नभएको, निर्माण स्थलमा सम्झौता अनुसार राख्नु पर्ने न्यूनतम प्राविधिकहरु नराखिएको, सम्झौताको दफा ३८ अनुसारको Management Meeting मा बारम्बार अनुपस्थिति भएको, कार्यालयबाट निर्माण कार्य सम्बन्धी स्पष्टीकरण माग गर्दा तोकिएको समयमा पेश नगरेको, आदि कारणले गर्दा सूचना प्रकाशनको मितिले १५ दिन भित्र कार्य प्रगति न्युन हुनुको कारण र कार्य सम्पन्न गर्न सक्ने Update Work Schedule, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिवद्धता सहित सम्पूर्ण आधिकारिक व्यक्तिहरु यस कार्यालयमा उपस्थित हुन यो सूचना जारी गरिएको छ । उपरोक्त अवधिमा कार्य सम्पन्न गर्ने विश्वसनियता नदेखाएमा सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ र ठेक्का सम्झौताको दफा ७२ मा प्रावधान भए बमोजिम ठेक्का सम्झौता तोडी कालोसूचीमा राख्ने तथा कार्य सम्पादन जमानत / अग्रिम भुक्तानी जमानत / धरौटी वापतको रकम जफत गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च र निर्माण स्थल सुरक्षामा लाग्ने खर्च समेत सरकारी बाँकी मानी असुल उपर गर्ने तर्फ कारवाही अघि बढाइने जानकारी समेत गराईन्छ । आयोजना प्रमुख

 
अन्य समाचार
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. BID FOR CONSTRUCTION OF CANTEEN.
  2. एसबिआई बैंक धितोमा रहेको सम्पत्तिको लिलाम बिक्री
  3. दोगडाकेदार गाउँपालिकामा सवारी साधन आपूर्ति गर्न आव्हान
  4. महाशिवरात्रिमा पशुपति क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग गरी सजावट कार्य गर्न आव्हान
  5. इचंगुनारायण (रानीवन) जग्गा एकीकरणको घडेरी विक्री