Merchandise Now
२७ पुष २०८१, शनिबार

Branded Shop सञ्चालन गर्न आव्हान

२९ चैत्र २०७९, बुधबार
नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, गौचरको

पुन: सिलबन्दी बोलपत्र आव्हानको सूचना

( पहिलो पटक सूचना प्रकाशित मिति २०७२।११।२४ )

( सूचना प्रकाशित मिति २०७९।१२।२९)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थानतर्फको पहिलो तलाको २०.१ (बीस दशमवल एक ) वर्गमिटर क्षेत्रफलमा Branded Shop सञ्चालनको लागि ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले नेपाल सरकारको सम्बन्धित निकायबाट इजाजत प्राप्त गरेका इच्छुक व्यक्ति/फर्म/कम्पनीहरुबाट नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७८ मा व्यवस्था भए बमोजिम गोरखापत्र दैनिकमा ३० (तीस) दिनको म्याद दिई मिति २०७९ | ११ | २४ गते पहिलो पटक बोलपत्र आव्हानको सूचना प्रकाशित गरिएकोमा तोकिएको मिति र समयावधिभित्र कुनै पनि बोलपत्र खरिद नभएको हुँदा पुनः बोलपत्र आव्हान गरिएको छ 

मिति २०७९ । ११ ।२४ मा प्रकाशित सिलबन्दी बोलपत्रको सूचनाको बुँदा नं. ४ (चार) मा उल्लेख भएको ५ (पाँच) वर्ष अवधि को लागि साविककै न्यूनतम ठेक अंक रु. ५,७४,२९,५२०।- (अक्षरेपी: पाँच करोड चौहत्तर लाख उनानतीस हजार पाँच सय बीस रुपैयाँ मात्र) कायम गरी साविककै शर्तहरु यथावत लागु हुने गरी सूचना प्रकाशित भएको मितिले ३० औं दिनको कर्यालय समयभित्र बोलपत्र खरिद गर्ने, ३१ औं दिनको १२:०० बजेभित्र दर्ता गर्ने र सोही दिनको १४:०० बजे बोलपत्र फाराम खोलिने छ । बोलपत्र फाराम खरिद गर्ने तथा दर्ता गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सो पछिको लगत्तै कार्यालय खुलेको दिन सोही समय र स्थानमा बोलपत्र खरिद र दर्ता गर्न सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सूचना विस्तृत रुपमा यस प्राधिकरणको Website: www.caanepal.org.np र यस कार्यालयको www.tiairport.com.np मा उपलब्ध छ ।

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा चमेनागृह सञ्चालन गर्न आव्हान
  2. परीक्षा नियन्त्रण कार्यालयमा छपाइ कागज आपूर्ति गर्न आव्हान
  3. परराष्ट्र मन्त्रालयमा रहेको जिन्सी मालसामान लिलाम बिक्री
  4. प्रभु स्टील्स एण्ड हाईड्रो इक्युपमेन्ट इण्डस्ट्रिजलाइ लेखा परिक्षण सेवा आपूर्ति गर्न आव्हान