Merchandise Now
२७ पुष २०८१, शनिबार

हिलिहाङ गाउँपालिकाको विधालयमा भवन निर्माण कार्य गर्न आव्हान

२१ चैत्र २०७९, मंगलवार
हिलिहाङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, पञ्चमी, पाँचथर बोलपत्र आव्हानको सूचना (पहिलो पटक सूचना प्रकाशित मिति : २०७५ / १२ / २१ गते) हिलिहाङ गाउँपालिकाको आ.व. २०७९ / ०८० को वार्षिक बजेट अनुसार तल उल्लेखित स्थानमा तोकिए बमोजिमको निर्माण कार्य गर्नुपर्ने भएकाले नेपाल सरकारबाट सम्बन्धित कामका लागि इजाजत प्राप्त इच्छुक निर्माण व्यावसायीहरुबाट निम्न सर्तहरुको अधिनमा रहि रितपुर्वक बोलपत्र आव्हान गरिएको छ । १. बोलपत्र फारम खरिद गर्न इच्छुक निर्माण व्यावसायीहरु आ.व. २०७९/०८० को लागि नविकरण भएको फर्म वा कम्पनीको प्रमाण पत्र,व्यवसाय इजाजत पत्र, स्थायी लेखा दर्ता नं एवं आयकर तथा मू.अ. कर दर्ता प्रमाणपत्र, आ.व. २०७८ /०७९ सम्मको कर चुक्ता को प्रमाण पत्र र फर्म सम्बन्धी अन्य कुनै कागजात भए सो समेत प्रमाणित प्रतिलिपि सहित www.bolpatragov.np/egp बाट बोलपत्र फारम डाउनलोड गरी पेश गर्न सकिने छ । २. बोलपत्र साथ जमानत बापतको रकम हिमालयन बैंक लिमिटेड, हिलिहाङ गोपेटार शाखाको HILIHANG GA. 3STHA.TAHA DHARO KHAT नामको धरौटी खाता नम्बर 26351182240015 मा नगद जम्मा गरेको सक्कल बैंक भौचर वा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त बैंकबाट यस कार्यालयको नाममा जारि भएको घटीमा बोलपत्र पेश गर्ने अन्तिम मितिबाट १२० दिनसम्म म्याद भएको जमानत पत्र समावेश भएको हुनु पर्नेछ । बोलपत्र खरिदको लागि हिमालयन बैंक लिमिटेड, हिलिहाङ गोपेटार शाखाको HILIHANG GA-1-1 ANTARIK RAJASWO नामको खाता नम्बर 26351182240171 मा नगद रकम दाखिला गरि बैंक भौचर पेश गर्नु पर्नेछ । ३. खरिद गरिएको बोलपत्रको हकमा यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले ३१ औं दिन वा ई बिडिङ्गमा उल्लेख भए बमोजिम बोलपत्र अन्तिम दिनको तोकिएको समयभित्र सार्वजनिक खरिद अनुगमन कार्यलयको वेभसाइट www.bolpatragov.np/egp बाट भर्न सकिने छ । विस्तृत विवरण टेण्डर फारमसंग संग्लल छ ।

Notice 

अन्य समाचार

 
  1. नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा चमेनागृह सञ्चालन गर्न आव्हान
  2. परीक्षा नियन्त्रण कार्यालयमा छपाइ कागज आपूर्ति गर्न आव्हान
  3. परराष्ट्र मन्त्रालयमा रहेको जिन्सी मालसामान लिलाम बिक्री
  4. प्रभु स्टील्स एण्ड हाईड्रो इक्युपमेन्ट इण्डस्ट्रिजलाइ लेखा परिक्षण सेवा आपूर्ति गर्न आव्हान