Merchandise Now
२७ पुष २०८१, शनिबार

लेटाङ मोरङमा सवारी साधन आपूर्ति

२ चैत्र २०७९, बिहीबार
लेटाङ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय लेटाङ, मोरङ, कोशी प्रदेश

सवारी साधन खरीद गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मितिः २०७९/१२/०२.

यस कार्यालयलाई आवश्यक पर्ने देहाय बमोजिमको सवारी साधन सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ को उपदफा १ (क) (८) तथा लेटाङ नगरपालिका सार्वजनिक खरिद नियमावली २०७६, को नियम ३४ बमोजिम त्यस्तो सवारी साधन उत्पादक कम्पनी वा त्यसको आधिकारिक विक्रेताहरु बीच मात्र प्रतिस्पर्धा गराउने (क्याटलग सपिङ विधि) बाट खरिद गर्नुपर्ने भएकोले तपसीलमा उल्लेख भए बमोजिमको शर्तहरुको अधिनमा रही आधिकारिक विक्रेताहरुबाट प्राविधिक पक्षको शिलवन्दी प्रस्ताव दर्ता गराउने सम्बन्धी जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

१. इच्छुक इजाजत पत्र उत्पादक कम्पनी वा त्यसको अधिकृत आधिकारिक बिक्रेताहरुले आ-आफ्नो फर्म दर्ता, स्थायी लेखा नम्वर (PAN) तथा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, एजेन्सी दर्ता प्रमाणपत्र, Letter of Authorization, आ.ब. २०७८ / ०७९ को कर चुक्ता प्रमाणपत्र, त्यस्तो सवारी साधन आपूर्ति गरेको विस्तृत विवरण, सम्बन्धित कार्य अनुभवको प्रमाणपत्र सहितको कागजातहरुको प्रतिलिपिहरु समावेश गरी लेटाङ नगरपालिका सार्वजनिक खरिद नियमावलीको नियम ३४ को उपनियम २ बमोजिम देहाय अनुसारको सवारी साधन उत्पादनको प्राविधिक स्पेशिफिकेशन, गुणस्तर, मूल्य र सुविधा सहितको विवरण ( क्याटलग वा ब्रोसर) संलग्न राखी यो सूचना प्रकाशन भएको मितिले ८ (आठौं) दिनको १२:०० बजेसम्म यस कार्यालयमा प्राविधिक पक्षको शिलवन्दी प्रस्ताव दर्ता गराई सक्नुपर्नेछ ।

२. दर्ता हुन आएका प्रस्तावहरु सूचना प्रकाशन भएको मितिले आठौं दिन मिति २०७९।१२।०९ गते बिहीबार दिनको १:०० बजे खोलिनेछ ।

३. सवारी साधनको स्वीकृत प्राविधिक स्पेशिफिकेशन यस कार्यालयबाट निःशुल्क तथा यस कार्यालयको वेवसाइट www.letangmun.gov.np बाट समेत Download गरी प्राप्त गर्न सकिनेछ । प्रस्ताव सम्वन्धी थप बुझ्नु परेमा नगरपालिकामा सम्पर्क गर्न सकिनेछ ।

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 

अन्य समाचार

 
  1. नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा चमेनागृह सञ्चालन गर्न आव्हान
  2. परीक्षा नियन्त्रण कार्यालयमा छपाइ कागज आपूर्ति गर्न आव्हान
  3. परराष्ट्र मन्त्रालयमा रहेको जिन्सी मालसामान लिलाम बिक्री
  4. प्रभु स्टील्स एण्ड हाईड्रो इक्युपमेन्ट इण्डस्ट्रिजलाइ लेखा परिक्षण सेवा आपूर्ति गर्न आव्हान