Merchandise Now
२८ पुष २०८१, आईतवार

गौर आँखा अस्पताललाई घरजग्गा आपूर्ति गर्न आव्हान

७ फाल्गुन २०७९, आईतवार

नेपाल नेत्रज्योति संघ, गौर आँखा अस्पताल

घरजग्गा खरिद सम्बन्धी शिलबन्दी प्रस्ताव आह्वानको सूचना

सूचना प्रथम पटक प्रकाशित मिति: २०७४/११/०६

यस नेपाल नेत्रज्योती संघ गौर आँखा अस्पतालद्वारा संचालित आँखा तथा कान उपचार केन्द्र चन्द्रनिगाहपुरको लागि देहायको स्थानहरुमा करिब ०-०-३ (३ धुर) देखि ०-०-१० (दश धुर) क्षेत्रफल भएको आँखा तथा कान उपचार केन्द्रको लागि उपयुक्त हुने घर जग्गा खरिद गर्नुपर्ने भएकोले बिक्री गर्न ईच्छुक जग्गा धनीहरु वा अख्तियारी दिएको व्यक्तिहरुले यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र तपशिलका कागजात तथा बिक्री गर्न चाहेको रकम समेत खुलाई आफ्नो टेलिफोन सहितको ठेगाना उल्लेख गरी नेपाल नेत्रज्योति संघ गौर आँखा अस्पताल गौर रौतहटमा शिलबन्दी प्रस्ताव पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ । घर जग्गा खरिद सम्बन्धी अन्तिम निर्णय अस्पतालमा निहित रहनेछ ।

घर जग्गा खरिद गर्ने स्थान पर्ने ।

जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ४ र ६ देउराली चोकमा हाल संचालनमा रहेको आँखा तथा कान उपचार केन्द्र देखि उत्तर करिव २०० मिटरमा विरेन्द्र राजमार्गबाट पश्चिम तर्फको सहायक मार्ग बाट देउराली चोक देखि मिलन चौक जोड्ने बाटोमा पूर्व र पश्चिम दुवै तिर रहेको हुनु आवश्यक कागजात तथा शर्तहरुः

१. बिक्री गरीने घर जग्गाको बाटो घर जग्गा रहेको ठाउँ खुल्ने सम्पूर्ण व्यहोराको लिखित प्रस्ताव जग्गा धनीको नागरीकताको प्रमाणित प्रतिलिपी

३.जग्गा धनीको लालपुर्जाको प्रमाणित प्रतिलिपी

४. घरको नक्सा नगरपालिकाबाट पास भएको र निर्माण सम्पन्न भएको प्रमाणको प्रतिलिपी

५. संस्थाको हकमा फर्म दर्ता प्रमाणपत्र, आयकर दर्ताको प्रमाण पत्र, कर चुक्ता र संचालक समितिको निर्णयको प्रतिलिपी

६.घर जग्गाको तिरो तरिको अद्यावधिक कागजात

७.जग्गाको नापी नक्साको प्रमाणित व्यू प्रिन्ट वा कम्प्यूटर नक्सा

उपयुक्त वमोजिम प्राप्त हुने प्रस्तावित घरजग्गाहरुको स्थलगत निरीक्षण गरी संस्थालाई उपयुक्त हुने नहुने सो समेत यकिन गरी प्रस्ताव स्वीकार गर्न वा नगर्ने सम्पूर्ण अधिकार संस्थाको अधिनमा रहनेछ । कुनै कारण नदशांइ कुनै वा सबै प्रस्ताव रद्द गर्न सकिने छ ।घर जग्गा विक्रीको प्रस्ताव घरजग्गा जसको स्वामित्व नाममादर्ता कायम रहेको छ । सोही व्यक्तिको संस्थाले मात्र पेश गर्न सक्ने छ। घरजग्गा धनी बाहेक अन्य व्यक्तिले प्रस्ताव पेश गर्ने भएमा अधिकृत वारेसनामा प्राप्त गरेको हुनु पर्नेछ ।

पदपूर्ति समिति, गौर आँखा अस्पताल,गौर-०८, पुरेनवा, रौतहट, नेपाल फोन नं. ०५५-५२००३९, इमेल: info.geh@gmail.com

  अन्य समाचार  

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. BID FOR CONSTRUCTION OF CANTEEN.
  2. एसबिआई बैंक धितोमा रहेको सम्पत्तिको लिलाम बिक्री
  3. दोगडाकेदार गाउँपालिकामा सवारी साधन आपूर्ति गर्न आव्हान
  4. महाशिवरात्रिमा पशुपति क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग गरी सजावट कार्य गर्न आव्हान
  5. इचंगुनारायण (रानीवन) जग्गा एकीकरणको घडेरी विक्री