Merchandise Now
२४ बैशाख २०८१, सोमबार

ताजा समाचार

ख्वप कलेजमा चमेना गृह, बेकरी क्याफे तथा स्टेसनरी पसल भाडामा सञ्चालन गर्न आव्हान

२६ असार २०८०, मंगलवार
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज / माध्यमिक विद्यालय

देकोचा, भक्तपुर- ६, नेपाल, फोन नं. ६६१०४३२, ६६१८०३१

चमेना गृह, बेकरी क्याफे तथा स्टेसनरी पसल भाडामा सञ्चालन गर्न दिनेसम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

सूचना प्रकाशित मिति २०८० / ०३ / २५ गते

ख्वप कलेज/ख्वप माध्यमिक विद्यालय, देकोचा, भक्तपुरको चमेनागृह, बेकरी क्याफे तथा स्टेसनरी पसल भाडामा सञ्चालन गर्न दिने भएकोले इच्छुक इजाजत प्राप्त व्यक्ति / फर्म / कम्पनीहरूबाट रु. ३०००/- (तीन हजार रुपैयाँ मात्र) शुल्क (फिर्ता नहुने) लेखा शाखामा बुझाई जिन्सी शाखाबाट फाराम लिई रितपूर्वकको गोप्य सिलबन्दी दरभाउपत्र आह्वान गरिन्छ । विस्तृत जानकारीको लागि यस विद्यालयमा सम्पर्क गर्न सकिनेछ । चमेनागृह, बेकरी क्याफे र स्टेसनरी पसलको लागि छुट्टाछुट्टै दरभाउपत्रहरू पेश गर्नुपर्नेछ । कार्यालय समय बिहान ८:०० बजेदेखि ३:०० बजेसम्म चमेनागृह, बेकरी क्याफे सञ्चालनको लागि कम्तीमा २ वर्ष कलेज, संघ संस्थाहरूमा बेकरी क्याफे, चमेनागृह, होटल वा रेष्टुरेन्टहरू चलाएको प्रमाण संलग्न गर्नुपर्ने ।

होटल म्यानेजमेन्ट विषय उत्तीर्ण तथा होटल म्यानेजमेन्टसम्बन्धी तालिम प्राप्तलाई विशेष प्राथमिकता दिइनेछ ।दरभाउपत्रका साथ आफूले दिन सक्ने गुणस्तरीय सेवाको दररेट समेत पेश गर्नुपर्नेछ । दरभाउपत्रका साथ चमेना गृह, बेकरी क्याफे सञ्चालनको लागि आवश्यक जनशक्ति (Cook, Waiter, Cleaner, Receptionist) हरूको कार्य गर्ने मुजुरनामा तथा जनशक्तिको २ वर्षको कार्य अनुभव एवं शैक्षिक योग्यताको विवरणसमेत पेश गर्नुपर्नेछ ।

   
  • चमेनागृह, बेकरी क्याफेमा उपलब्ध हुने खानाहरूको गुणस्तर सम्बन्धित सरकारी निकायबाट जारी भएको मापदण्डबमोजिम हुनुपर्नेछ ।
  •  सिलबन्दी दरभाउपत्रका साथ चमेनागृह, बेकरी क्याफे तथा स्टेसनरी पसल सञ्चालनको इजाजतपत्र नवीकरण भएको, पान, भ्याट दर्ता प्रमाणपत्र एवं २०७८ / ७९ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि पनि संलग्न गर्नुपर्नेछ ।
  • दरभाउपत्रदाताले प्राविधिक र आर्थिक गरी दुई छुट्टाछुट्टै खाममा सिलबन्दी दरभाउपत्र पेश गर्नुपर्नेछ । प्राविधिक तथा व्यवस्थापकीय प्रस्ताव स्वीकृत भएका दरभाउपत्र दाताहरूको आर्थिक दरभाउपपत्र मात्र मूल्याङ्कनमा समावेश गरिनेछ ।
Notice Source : Samriddha Samaj Dainik 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन