Merchandise Now
२७ बैशाख २०८१, बिहीबार

ताजा समाचार

आन्तरिक राजस्व कार्यालय वीरगंजलाई सुरक्षा गार्ड तथा सरसफाई कर्मीको सेवा प्रदान गर्न आव्हान

२२ भाद्र २०८०, शुक्रबार
नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग, आन्तरिक राजस्व कार्यालय, वीरगंज, पर्सा

सुरक्षा गार्ड तथा सरसफाई कर्मीको सेवा करारमा लिने सम्बन्धी सिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मितिः २०८०/०५/२२)

चालु आ.व. ००००१ मा यस कार्यालयमा आवश्यक रहेको सुरक्षागार्ड तथा सरसफाई कर्मी करारमा आपूर्ति गर्नुपर्ने भएकोले यसै सूचना मार्फत तपसिलको शर्तहरूको अधिनमा रहि सिलबन्दी दरभाउपत्र पेश गर्न आव्हान गरिन्छ ।
शर्तहरुः
सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र सिलबन्दी दरभाउपत्रहरूको फारम दस्तुर रु. १००० (अक्षेरुपी रु. एक हजार मात्र) फिर्ता नहुने गरी यस कार्यलयको कार्यालय कोड ३०५०४२२०१ को रा.वा. बैकमा रहेको खाता न. १०००१००२०००१०००० मा नगद बैक जम्मा गरी उक्त बैंक भौचर सहित आ.व. ०७९/०२० सम्मको लागि नविकरण भएको इजाजत पत्र र मु.अ.कर दर्ता प्रमाण पत्र तथा कर चुक्ताको प्रमाणपत्र (आ.व ०७९/८० वा म्याद थप) को प्रतिलिपी निवेदन साथ संलग्न राखि सम्बन्धित फर्म कम्पनीले तपसिलमा उल्लेखित समायावधी भित्र कार्यालय समय भित्र खरिद गर्न सक्ने छ । खरिद भएको सिलबन्दी बोलपत्र प्रकाशित भएको मितिले १६ औ दिन दिनको १२:०० बजे भित्र दाखिला गरिसक्नु पर्नेछ। दाखिला हुन आएको दरभाउपत्र सोही दिनको २:०० बजे कार्यालय तथा फर्म वा कम्पनीको प्रतिनिधीहरुको रोहवरमा यस कार्यालयमा खोलिने छ। कम्पनी वा फर्मको प्रतिनिधी उपस्थित नभएमा पनि सिलबन्दी दरभाउपत्र खोल्न बाधा पर्ने छैन। सिलबन्दी दरभाउपत्र फारम साथ जमानत वापतको रकम नगद भए राष्ट्रिय वाणिज्य बैक विरगंज शाखामा यस कार्यालयको कोड न ३०५०४२२०१ राखी कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साको धरौटी खाता नं. १२५०१००१०२०३०००० मा दाखिला गरी वा तपशिल बमोजमको धरौटी रकम यस कार्यलयको नाममा जारी भएको कम्तिमा ७५ दिनको नेपाल सरकारको मान्यता प्राप्त ‘क’ वर्गको बाणिज्य बैंकको बिडवण्ड पेश गर्नु पर्नेछ । सिलबन्दी दरभाउपत्रमा आफुले कबोल गरेको दररेट र हुन आउने अनुमानित रकम अंक र अक्षरमा अनिवार्य रुपमा उल्लेख गरी पेश गर्नुपर्नेछ । अंक र अक्षरमा फरक पर्न गएमा अक्षरलाई मान्यता दिईनेछ । सिलबन्दी बोलपत्र बिक्री गर्ने अन्तिम दिन र दर्ता गर्ने दिन सार्वजनिक विदा पर्न गएमा सो कार्य कार्यालय खुलेको दिन गरिनेछ । सिलबन्दी दरभाउपत्र सिलबन्दी खाम बाहिर कामको नाम, कार्यालयको नाम र सिलबन्दी दरभाउपत्र दर्ता गर्नेको नाम र ठेगाना स्पष्ट उल्लेख हुनु पर्नेछ । म्याद नाघेको र रितपुर्वक नभएका तथा शर्त राखी वा कैफियत लेखिएको सिलबन्दी दरभाउपत्र स्वीकृत हुने छैन । सूचनामा उल्लेख नभएको अन्य कुराहरु प्रचलित ऐन नियममा उल्लेख भए बमोजिम हुनेछ । यस सम्बन्धी अन्य कुरा बुझ्नु परेमा कार्यालय समय भित्र यस कार्यालयमा सम्पर्क राखि बुझ्न सकिनेछ । साथै स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
    Notice Source :Nagarik   

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. पुराना सवारी साधन बिक्रि
  2. २०८० सालको क्यालेण्डर छपाई गर्न आव्हान
  3. खाद्य सामाग्री, तरकारी तथा फलफुल र मासुजन्य सामाग्री आपूर्ति
  4. स्टेसनरी तथा अन्य सामान खरिद
  5. ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन