Merchandise Now
१० मंसिर २०८१, सोमबार

सडक डिभिजन दमकलाइ स्पष्टीकरण पेश गर्ने सम्बन्धि ७ दिने सूचना

१३ चैत्र २०७९, सोमबार
नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय. सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, ईटहरी सडक डिभिजन दमक
स्पष्टीकरण पेश गर्ने सम्बन्धि ७ दिने सूचना  
यस डिभिजन अन्तर्गतका तपसिल वमोजिमको निर्माण कार्यको ठेक्काको लागि तपाई निर्माण व्यावसायीले यस कार्यालयसँग खरिद सम्झौता गरि तोकिएको समयावधिमा कार्य सम्पन्न गर्न पटक-पटक मौखिक / लिखित रुपमा जानकारी गराउदा समेत लामो समयदेखि निर्माण कार्य सम्पन्न गर्ने / गराउने तर्फ कुनै चासो नदेखाइएको, स्वघोषित कार्यतालिका अनुसार अपेक्षित प्रगती हासिल नगरेको (हालसम्मको भौतिक प्रगति करिब १०%), यस कार्यालयबाट छलफलको लागि बोलाउंदा समेत बेवास्ता गरेको हुँदा यो सूचना प्रकाशनको मितिले ७ (सात) दिन भित्र कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने विश्वसनीय आधार | सहितको संशोधित कार्यतालिका, श्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिवद्धता सहित अख्तियार प्राप्त व्यक्ति यस कार्यालयमा स्वयं उपस्थित हुन यो सूचना जारी गरिएको छ। यस सुचनाको अवज्ञा गरि बसेमा सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ र ठेक्का सम्झौतामा प्रावधान भए बमोजिमको कारबाही अघि बढाइने जानकारी समेत गराईन्छ । ।
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

   

अन्य समाचार

  1. मुद्दती खातामा लगानी सम्बन्धी प्रस्ताव
  2. सप्तरीमा कोल्ड स्टोर निर्माण कार्य गर्ने विश्व वैभव कन्सलटेन्सि कन्सट्रक्सन स्वीकृत
  3. हुम्लाको सिमिकोट नगरपालिकामा निर्माण सामाग्री आपूर्ति गर्न आव्हान
  4. कन्चनपुरको दोधारा चादँनी नगरपालिकामा ट्रान्सफर्मर आपूर्ति गर्न आव्हान