Merchandise Now
२८ पुष २०८१, आईतवार

बैंकनोटको ब्रिकेट/स्रेडेड टुक्रा बिक्री

३ फाल्गुन २०७९, बुधबार
नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग
बैंकनोटको ब्रिकेट/स्रेडेड टुक्रा बिक्रीका लागि सिलबन्दी दरभाउ प्रस्ताव आह्वानको सार्वजनिक सूचना (पुनः प्रकाशित मिति २०७९ / ११ / ०३ गते)

नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग तथा उपत्यका बाहिरका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज तथा धनगढीस्थित यस बैंकको प्रादेशिक कार्यालयहरूमा चलनचल्ती अयोग्य बैंकनोटहरू धुल्याउने क्रममा प्राप्त हुने ब्रिकेट/सेडेड टुक्राहरू (वार्षिक परिमाण करिब २.७५ लाख के.जी.) बिक्री गर्नुपर्ने भएको र यसका लागि सम्भावित सबै खरिदकर्ताहरूबाट दरभाउ प्रस्ताव प्राप्त गरी मूल्य प्रतिस्पर्धाको आधारमा बिक्री गर्ने निर्णय भएको हुँदा इच्छुक व्यक्ति, फर्म/कम्पनीहरूबाट यो सूचना प्रकाशित भएको मितिले २२ दिनभित्र बैंकबाट दरभाउ प्रस्तावको ढाँचा प्राप्त गरी सो ढाँचामा २३ औं दिन दिउँसो १२:०० बजेभित्र (उक्त | दिन बिदा परेमा कार्यालय खुलेको पहिलो दिन) देहायको शर्तको अधिनमा रही शिलबन्दी दरभाउ प्रस्ताव पेश गर्न सम्बन्धित सबैलाई आह्वान गरिएको छ।

१. सिलबन्दी दरभाउ प्रस्ताव २०७९ साल फाल्गुन महिना २५ गते दिउँसो १२:०० बजेभित्र नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग, बालुवाटार, काठमाडौं वा काठमाडौं उपत्यका बाहिर रहेको नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालयहरूमा बुझाउनु पर्नेछ ।

२. सिलबन्दी दरभाउ प्रस्ताव पेश गर्ने फारम रु.२,०००/- (अक्षरेपी दुई हजार मात्र) भुक्तानी गरी मुद्रा व्यवस्थापन विभाग, बालुवाटार, काठमाडौं वा यस बैंकको कुनै पनि प्रादेशिक कार्यालयबाट खरिद गर्न सकिनेछ ।

३. इच्छुक खरिदकर्ताले विभाग वा कार्यालय पिच्छे खरिद गर्न मञ्जुर गरेको परिमाण तोकी फरक-फरक वा एकमुष्ट मूल्य प्रस्ताव पेश गर्न सक्नेछ ।

४. बिक्री हुने ब्रिकेट / ब्रेडेड टुक्रासम्बन्धी थप जानकारी कार्यालय समयभित्र मुद्रा व्यवस्थापन विभागको आन्तरिक प्रशासन फाँटमा (सम्पर्क नं. ०१-४४१०२०३ Ext. १५७ / १६४) वा सम्बन्धित प्रादेशिक कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।

सिलबन्दी दरभाउ प्रस्ताव पेश गर्ने प्रस्तावदाताले जमानत बापत आफूले वार्षिक रूपमा खरिद गर्न कबोल गरेको ब्रिकेट/ सेडेड टुक्राको कूल परिमाणलाई त्रैमासिक रूपले गणना गर्दा आउने परिमाणलाई आफूले प्रस्ताव पेश गरेको खरिद दरले गुणन गर्दा हुने रकमको न्यूनतम १० प्रतिशतले हुन आउने रकम बराबर यस बैंकको मुद्रा व्यवस्थापन विभागको सण्ड्री क्रेडिटर्स हिसाब नं. १३०९९०१२ / ०११-०००-५२४ वा सम्बन्धित प्रदेशस्थित कार्यालयले तोकेको खाता नं. मा नगद जम्मा गरेको सक्कल भौचर वा सो बराबरको सिलबन्दी दरभाउ बुझाउने अन्तिम मितिबाट कम्तीमा ७५ दिन अवधिका लागि जारी गरिएको बैंक म्यारेन्टी समावेश गर्नु पर्नेछ ।

६. दरभाउ प्रस्ताव पेश गर्ने प्रस्तावदाता व्यक्ति भए निजले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिवा आफ्नो परिचय खुल्ने प्रमाणित कागजात र फर्म वा कम्पनी भए सो फर्म वा कम्पनीको इजाजतपत्र, दर्ता प्रमाणपत्र ( नवीकरण गरिएको) र स्थायी लेखा नम्बर लिएको वा मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ ।

७. तोकिएको समय अवधिभित्र प्राप्त हुने सिलबन्दी दरभाउ प्रस्तावहरू संकलन गरी सबै प्रस्तावहरू मिति २०७९ साल चैत्र महिना ०५ गते दिउँसो १२:०० बजे मुद्रा व्यवस्थापन विभाग, बालुवाटार, काठमाडौंमा खोलिनेछ ।

८. अन्य विषयहरू दरभाउ प्रस्ताव फाराममा उल्लेख भएबमोजिम हुनेछ ।

९. सिलबन्दी दरभाउ प्रस्ताव आह्वानको सूचना यस बैंकको वेवसाइट www.nrb.org.np मा पनि हेर्न सकिने छ ।

   

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 

अन्य :

  1. CONSTRUCTION OF CITY HALL -MANANG
  2. QUOTATIONS FOR THE THE SUPPLY OF IT EQUIPMENT (HARDWARE).
  3. DESIGN AND PUBLICATION OF NOTICE IN THE NEWSPAPER
  4. सिरहाको औरही गाउँपालिकामा सडक ढलान कार्य गर्न आव्हान