Merchandise Now
११ मंसिर २०८१, मंगलवार

बैंकको प्रयोजनको लागि जग्गा खरिद

९ फाल्गुन २०७९, मंगलवार

बैंकको प्रयोजनको लागि जग्गा खरिदसम्बन्धी गोप्य शिलबन्दी बोलपत्र आव्हानको ७ दिने सूचना । (चौथो पटक प्रकाशित मितिः २०७९ फाल्गुन ९ गते, मंगलवार)

यस बैंकलाई काठमाडौं उपत्यका भित्र कम्तिमा २० फिट बाटोसंग जोडिएको न्युनतम ४ रोपनी देखि अधिकतम १५ रोपनीसम्मको जग्गा खरीद गर्नु पर्ने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । ईच्छुक व्यक्ति वा फर्म/कम्पनी/संस्थाहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस बैंकको केन्द्रीय प्रशासन विभाग, कृष्णटावर, नयाँ बानेश्वर, काठमाडौँमा कार्यालय समय भित्र आई पुग्ने गरी जग्गा बिक्री गर्नका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु हुन अनुरोध गर्दछौं । यस अगाडी पेश भई नखोलिएका गोप्य शिलबन्दी प्रस्ताबहरूले निरन्तरता प्राप्त गर्नेछन् ।

साथै, जग्गा खरीद गर्नेसम्बन्धी सम्पुर्ण विवरण तथा शर्तहरू बोलपत्र फाराममा उल्लेख भए बमोजिम हुनेछ । बोलपत्र फाराम यस बैंकको हिसाब नं.००९०१३७१३००११४ ( Bid Document Purchase Parking Account) रू.१,०००।- जम्मा गरी सोको सक्कल रसिद बैंकको केन्द्रीय प्रशासन विभागमा बुझाई प्राप्त गर्न सकिनेछ ।

NMB BANK NIMB एनएमबि बैंक समृद्ध नेपालको लागि एनएमबि बैंक लिमिटेड केन्द्रीय प्रशासन विभाग कृष्णटावर, नयाँ बानेश्वर, काठमाडौं । फोन नं. ४२१७११७, एक्सटेन्शन नं. १५७७/१५७६ Entrepreneurial Development Bank The Netherlands Member of : Global Alliance for Banking on Values

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
अन्य समाचार
 
  1. CONSTRUCTION OF CITY HALL -MANANG
  2. QUOTATIONS FOR THE THE SUPPLY OF IT EQUIPMENT (HARDWARE).
  3. DESIGN AND PUBLICATION OF NOTICE IN THE NEWSPAPER
  4. सिरहाको औरही गाउँपालिकामा सडक ढलान कार्य गर्न आव्हान