Merchandise Now
२७ पुष २०८१, शनिबार

पोखराको नमस्ते बचतको धितोमा रहेको जग्गा लिलाम बिक्री

१० फाल्गुन २०७९, बुधबार
धितोमा रहेको जग्गा लिलाम बिक्री गर्ने सम्बन्धी ३५ दिने सार्वजनिक सूचना प्रकाशित मिति २०७१।१२।०९ गते मंगलबार (आदर्श समाज राष्ट्रिय दैनिक)

तपशिलमा उल्लेखित ऋणीले यस संस्थाबाट घरायसी प्रयोजनको लागि व्यक्तिगत कर्जा शीर्षकअन्तर्गत कर्जा लिनु भएकोमा उक्त कर्जाको समय समयमा बुझाउनुपर्ने व्याज तथा हर्जाना रकम नबुझाई उक्त कर्जाको भाखासमेत गुजारेको र कर्जा तथा ब्याज चुक्ता भुक्तान गर्न पटक पटक लिखित तथा मौखिक तथा लिखित रुपमा तारताकेता गर्दा पहिलो पटक मिति २०७९/०८/२४ गते ३५ दिने, दोस्रो पटक मिति २०७९/१०/०३ गते १५ दिने, तेस्रो पटक मिति २०७९ / १० / २७ गतेको दिन ७ दिने आदर्श समाज राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गर्दा समेत उक्त ऋणकर्जा रकमको सम्पूर्ण साँवाब्याज तथा हर्जाना चुक्ता भुक्तान गर्ने तर्फ कुनै चासो नदेखाई आलटाल गरी बसेको हुनाले यस संस्थाले निज ऋणीसँग लिनु पर्ने साँवा ब्याज, जरिवाना / हर्जाना शुल्क र अन्य दैदस्तुर समेत असुल उपर गरी दिनका लागि सहकारी ऐन २०७४, प्रचलित सहकारी मापदण्ड, नीति नियम तथा यस संस्थाको विनियम समेतले दिइएको अधिकार प्रयोग गरी यस संस्थालाई धितो सुरक्षण वापत लेखिदिएको तपशिलमा उल्लेखित जग्गा जेजस्तो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्नको लागि मिति २०७१।११।०९ गतेका दिन आदर्श समाज राष्ट्रिय दैनिक पत्रिकामा धितो लिलामीसम्बन्धी ३५ दिने सूचना प्रकाशन गरिएको छ । यो सूचना बमोजिम ३६ औं दिन २०७९ १२ १४ गतेका दिन लिलाम बढाबढ गरिने कार्यक्रम रहेकोले निम्न मिति, समय र स्थानमा डाँक बढाबढ प्रकृयाबाट लिलाम बिक्री गरिने भएकोले सो लिलाम बिक्रीमा डाँक बढाबढ गरी लिन इच्छुक महानुभावहरुको जानकारीको लागि यो ३५ दिने सूचना प्रकाशित गरिएको छ । अतः लिलाम हुनु अघि नै यस संस्थालाई तिर्नु, बुझाउनु पर्ने ऋणको साँवा, ब्याज, हर्जाना, दै-दस्तुर समेत तिरी तिर्न लगाई चुक्ता गरि धितो फुकुवा गरि लिनुहुन ऋणी तथा जमानतकर्ताहरुलाई यो अवसर दिइएको छ । धितोमा रहेको जग्गा लिलाम बिक्रीबाट पनि यस संस्थाले लिनु पर्ने सम्पूर्ण साँवा ब्याज, हर्जाना तथा अन्य शुल्क तथा दै दस्तुर आदि असुल उपर नभएमा ऋणी तथा जमानीकर्ताको नाउँमा रहेको जायजेथा तथा घरानाबाट समेत असुर उपर गरिलिइने छ । क्र.सं. ऋणीको तीनपुस्ते विवरण ऋणीको फोटो

 

नामः सुमित्रा आचार्य

पती: रामजी प्रसाद पौडेल

ससुराः शुक्रराज पौडेल

बाबुः मेघनाथ आचार्य

ना.प्र. नं.: १९३८६२ कास्की

ठेगाना: साविक भरतपोखरी २ हाल: पोखरा ३३

धितो लिलाम सम्बन्धी शर्तहरुः

धितोको विवरणः

ऋणी सुमित्रा आचार्यको नाउँमा मालपोत कार्यालय कास्की लेखनाथमा दर्ता कायम रहेको निम्नानुसारको

जग्गा

शिशुवा-९, कास्की

(कि.नं. ३५१८ क्षेत्रफल ०-९-२-०)

धनजमानी बस्नेको विवरण

नामः रामजी प्रसाद पौडेल बाबुः शुक्रराज पौडेल बाजे: भोजराज पौडेल ना.प्र. नं.: ८०६३१कास्की ठेगानाः साविक भलाम ४ हाल: पोखरा २० भलाम

कर्जाको किसिम : व्यक्तिगत

धनजमानीको फोटो

१. संस्थाको तर्फबाट धितो लिलाम बिक्रीको सूचना प्रकाशन भएको मितिले ३५ दिन भित्र ऋणी वा जमानीबाट सम्पूर्ण कर्जा चुक्ता हुन नआएमा ३६ औं दिन (मिति २०७९ / १२ / १४) गते दिउँसोको १:०० बजेदेखि दिउँसो २:०० बजेसम्ममा यस संस्थाको कार्यालय सिद्धार्थचोक-४, पोखरामा लिलाम डाँक सम्बन्धी कार्य हुनेछ । उक्त दिन बिदा परेमा बिदाको लगत्तै कार्यालय खुलेको दिन लिलाम बढाबढ हुनेछ । २.लिलाम डाँक बढाबढमा भाग लिन इच्छुक व्यक्ति स्वयं सक्कल नागरिकता लिई उपस्थित हुनुपर्ने छ । संगठित संस्थाको हकमा रीतपूर्वकको अख्तियारी तथा संगठित संस्थाको दर्तासँग सम्बन्धित कागजातहरु सहित उपस्थित हुनुपर्ने छ । ३. धितो सम्पत्तिको पंचकृते मूल्यलाई आधार मानी लिलामी डाँक बढाबढ हुने छ । धितो लिलाम बढाबढमा अन्तिम पटक सबैभन्दा बढी रकम कबुल गर्नेव्यक्ति वा संगठित संस्थाले आफूले कबुल गरेको मूल्य अंकको कम्तीमा १० प्रतिशतले हुन आउने रकम धरौटी वापत यस संस्थामा तत्काल जम्मा गर्नुपर्ने छ । ४. सबै भन्दा बढी रकम कबुल गर्ने व्यक्ति वा संगठित संस्थालाई धितो सम्पत्ती बिक्री गर्ने नगर्ने अधिकार संस्थामा सुरक्षित रहने छ । संस्थाले धितो सम्पत्ति लिलाम बिक्री गर्ने निर्णय भई जानकारी दिएपछि लिलाम सकार्ने व्यक्तिले सोको ३५ दिन भित्र बाँकी सम्पूर्ण मूल्य रकम संस्थामा दाखिला गरिसक्नु पर्नेछ, अन्यथा निजका धरौटी रकम जफत हुनेछ । ५. लिलाम सकार गर्नेले सकार गरेको पूरा रकम उक्त तोकिएको समयभित्र बुझाएमा लिलाम सकारेको उक्त जग्गा निजको नाउँमा नामसारीका लागि आवश्यक प्रक्रिया अघि बढाइने छ । सो सम्बन्धी लाग्ने राजस्व तथा अन्य सम्पूर्ण खर्च धितो सकार्नेले व्यहोर्नु पर्ने छ । ६. धितो सम्पत्ति लिलाम बढाबढमा कसैले नसकारेमा संस्था आफैले सकार गर्न सक्ने छ । ७. लिलाम बिक्री गर्दा लागेको सम्पूर्ण खर्चहरु ऋणी स्वयम्ले व्यहोर्नु पर्नेछ । ८. लिलाम हुने धितो सम्पत्ति सम्बन्धी कागजात र लिलामसम्बन्धी अन्य जानकारीका लागि संस्थाको कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ । नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थचोक, पोखरा-४, कास्की । फोन: ०६१-५७१०६२, ५७८५२४
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

   
अन्य समाचार
 
  1. CONSTRUCTION OF CITY HALL -MANANG
  2. QUOTATIONS FOR THE THE SUPPLY OF IT EQUIPMENT (HARDWARE).
  3. DESIGN AND PUBLICATION OF NOTICE IN THE NEWSPAPER
  4. सिरहाको औरही गाउँपालिकामा सडक ढलान कार्य गर्न आव्हान