Merchandise Now
२४ बैशाख २०८१, सोमबार

ताजा समाचार

पशु दाना उत्पादनको लागि कच्चापदार्थ खरिद

३ मंसिर २०८०, आईतवार
दुग्ध विकास संस्थान, डिडिसि पशु आहारा उत्पादन कारखाना, हेटौंडा
पशु दाना उत्पादनको लागि कच्चापदार्थ खरिद सम्बन्धी शिलबन्दी दरभाउपत्र आब्हानको सूचना

दरभाउपत्र आव्हानको सूचना नं. ३ / DDC CATTLE FEED / ०८०/०८१ प्रथमपटक प्रकाशित मिति २०८०/८/३

((१) यस कारखानालाई पशुदाना उत्पादन गर्नको लागि तपसिल बमोजिमको परिमाण कच्चा पदार्थ संस्थानको स्पेसिफिकेसन वमोजिम खरिद गर्नु पर्ने भएकोले आपुर्ति सम्बन्धी व्यवसाय गर्ने सम्बन्धित निकायमा दर्ता भएका आपुर्तिकर्ताहरुबाट कच्चापदार्थ आपुर्ति गर्न यो दरभाउपत्र आव्हानको सूचना प्रकाशित गरिएको छ ।
 
(२) दरभाउपत्र सम्बन्धी कागजात खरिद गर्न चाहने ईच्छुक नेपाली आपुर्तिकर्ताले लिखित आवेदन सहित यस कारखानाको कार्यालय सिसौघारी हेटौंडा वा हेटौंडा दुग्ध वितरण आयोजना हेटौंडा, औद्योगिक क्षेत्रमा रु.१०००/- (एक हजार ) ( फिर्ता नहुने) बुझाई यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ औं दिन अर्थात २०८०८ १७ गते कार्यालय समयभित्र खरिद गर्न सकिने छ । (३) दरभाउपत्र पेश गर्दा दरभाउपत्र साथ आफुले कबोल गरेको कुल रकमको २.५% ले हुने रकम हेटौंडा स्थित हिमालय बैंकमा रहेको यस कारखानाको खाता नं. ०११०५७२३२८००१७ मा जम्मा गरेको सक्कल बैंक भौचर वा दरभाउपत्र दाखिला गर्ने अन्तिम मितिबाट कम्तीमा ७५ दिन मान्य अवधि भएको बैंक ग्यारेन्टी पत्र संलग्न भई आउनुपर्ने छ । (४) सिलबन्दी गरिएको दरभाउपत्र डिडिसि पशु आहारा उत्पादन कारखाना सिसौघारी हेटौंडामा १६ औं दिन अर्थात मिति २०८०|८|१८ गते दिनको १२.०० बजे भित्र बुझाउनु पर्ने छ । तोकिएको समयपछि प्राप्त दरभाउपत्र स्वीकार गरिने छैन । (५) दाखिला भएका दरभाउपत्र मिति २०८०८।१८ गते दिनको २ बजे उपस्थित हुन चाहेका दरभाउपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा डिडिसि पशु आहारा उत्पादन कारखानाको कार्यालय सिसौधारी हेटौंडामा खोलिनेछ । (६) दरभाउपत्र खरिद गर्ने, दाखिला गर्ने एवं खोल्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा सो कार्यहरु बिदा भुक्तान भएको लगत्तै पछिको कार्यालय खुलेको दिन सोही समयमा हुने छ । (७) दरभाउपत्र स्वीकृत गर्ने, रद्ध गर्ने र आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस कारखानामा सुरक्षित रहनेछ । (८) यस सम्बन्धमा थप कुरा बुझनु पर्ने भएमा कार्यालय समय भित्र यस कारखानाको कार्यालय हेटौंडा, सिसौघारीमा सम्पर्क राख्न सकिन्छ ।

दुग्ध विकास संस्थान, डिडिसि पशु आहारा उत्पादन कारखाना, हेटौंडा, सिशीधारी, फोन नं.- ५२०३८५

  Notice Source : Nepal Samacharpatra 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।