Merchandise Now
१३ पुष २०८१, शनिबार

नदीजन्य पदार्थको बिक्री कर संकलन गर्ने शिलबन्दी बोलपत्र आव्हान

२ आश्विन २०८०, मंगलवार
खाँदवारी नगरपालिका,  नगर कार्यपालिकाको कार्यालय सौवारी, समुवासभा कोशी प्रदेश, नेपाल नदीजन्य पदार्थको बिक्री कर संकलन गर्ने शिलबन्दी बोलपत्र आव्हान सम्बन्धी सूचना फर्म वा कम्पनीले नविकरण भएको दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ.व. २०७८ / ०९ को करचुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, बोलपत्र फारम दस्तुर बापत यस कार्यालयमा नगदै तिरेको वा राष्ट्रिय वाणिज्य बैक, शाखा कार्यालय खांदबारीमा रहेको यस कार्यालयको आन्तरिक राजश्व खाता न. २०८०१००३०१०१०००२ मा नगद जम्मा गरेको नगद भौचर साथ निवेदन पेश गरी यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले १५ औ दिनको कार्यालय समयभित्र बोलपत्रदाताले खांदबारी नगरपालिका कार्यालयबाट बोलपत्र फारम खरिद गर्नपर्नेछ । तोकिएको बोलपत्र दस्तुर यस कार्यालयमा वा यस कार्यालयको बैंक खातामा माथि उल्लेखित खाता न. मा जम्मा गरेको भौचरलाई बोलपत्र सम्बन्धी कागजात साथ संलग्न गर्नुपर्नेछ । बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सोको लगत्तै पछिको कार्यालय खुल्ने दिन उल्लेखित कार्य हुनेछ । बोलपत्र सम्बन्धी फारम भर्दा कबोल रकम अक्षर र अंकमा स्पष्ट उल्लेख गर्नुपर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिईनेछ । माथि उल्लेखित धरौटी रकम यस कार्यालयको राष्ट्रिय वाणिज्य बैक, शाखा कार्यालय खांदबारीमा रहेको धरौटी खाता नं. २०८०१००३०३०००००२ मा जम्मा गरी सोको सक्कल बैंक भौचर वा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त कमर्सियल बैंक वा फाइनान्सियल इन्टिच्युटबाट यस कार्यालयको नाममा बोलपत्र नं. र नाम उल्लेख गरी कम्तिमा १२० दिनको म्याद सहित जारी गरिएको विडवण्ड पेश गर्नु पर्नेछ । खरिद गरेको बोलपत्र फारमहरुमा उल्लेख भएका सबै विवरणहरु भरी बोलपत्रदाताले प्रत्येक पानामा सहीछाप गरी दोस्रो पटक सूचना प्रकाशित भएको मितिले १६ औ दिन दिनको १२:०० बजेभित्र यस कार्यालयमा पेश गरीसक्नु पर्नेछ । एक फर्म वा कम्पनीको नाममा खरिद गरिएको बोलपत्र अर्को फर्म वा संस्थाको नामबाट दाखिला गर्न पाइने छैन । रीत पूर्वक पर्न आएका बोलपत्र सम्बन्धी कागजातहरु पेश गर्ने अन्तिम दिनको १४:०० बजेदेखि विभिन्न कार्यालयका प्रतिनिधी निर्माण व्यवसायी वा निजको प्रतिनिधीहरुको रोहवरमा यस कार्यालयमा खोलिनेछ । साथै बोलपत्रदाता वा निजको प्रतिनिधीहरु समयमा उपस्थित नभएमा बोलपत्र खोल्न बाधा पर्नेछैन । उक्त दिन विदा परेमा सो कार्य विदाको लगत्तै पछि कार्यालय खुलेको दिनमा गरिनेछ । बोलपत्र सम्बन्धी विस्तृत जानकारी बोलपत्र सम्बन्धी फारममा उल्लेख गरिएको हुँदा सोही पुस्तिकाबाट अवगत गर्न वा यस कार्यालयमा सम्पर्क गर्न सकिनेछ । म्याद नाघी, रीत नपुगी वा शर्त सहित पेश हुन आएका बोलपत्र स्वीकार गर्न यस कार्यालय बाध्य हुने छैन । बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्बन्धी सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ । ६. बोलपत्र स्वीकृत भएमा सोको सूचना पाएको वा घरदैलोमा सूचना टाँस भएको मितिले १५ दिनभित्र मू.अ.कर दर्ता प्रमाणपत्र समेत लिई कबोल अंकको प्रथम किस्ता बापत ५० प्रतिशतले हुने रकम अनिवार्य बुझाउनु पर्नेछ । दोस्रो किस्ता बापत ५० प्रतिशतले हुन आउने रकम नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंक वा फाइनान्सियल इन्टिच्युटबाट यस कार्यालयको नाममा २०५१ साल जेष्ठ मसान्तसम्म म्याद सहित जारी गरिएको बैंक ग्यारेन्टी (परफरमेन्स बोण्ड) समेत पेश गरी पट्टा उठाउनु पर्नेछ । साथै कबोल गरेको अंकको रकम एकमुष्ठ नगरपालिकालाई बझाएमा १० प्रतिशतसम्म छुट दिइनेछ र बोलपत्र कवोल गर्ने फर्मले आफुले कबोल गरेको अंक, सेवा शुल्क वापत हुन आउने जम्मा रकमको नियमानुसार थप १३ ५५ भ्याट रकम समेत यस कार्यालयमा बुझाउनु पर्नेछ । नियमानुसार नेपाल सरकारलाई आयकर तथा अन्य कर बोलपत्रदाताले छुट्टै बुझाउनु पर्नेछ । तोकिएको म्यादभित्र पट्टा उठाउन नआएमा राखिएको धरौटी रकम जफत गरी नियमानुसार बोलपत्र बन्दोबस्त गरिनेछ । यस नगरपालिकाका नदी तथा नदीहरुको उत्खनन् क्षेत्र र उत्खनन् परिमाणका सन्दर्भमा स्थानीय सरकार संचालन ऐन, २०७४ सम्बन्धित स्थानीय तहबाट जारी भएका कानुन, प्रदेश कानुन तथा प्रचलित कानुन वा मापदण्ड बमोजिम हुनेछ । साथै यस कार्यालयबाट गरिएको वातावरणीय अध्ययन प्रतिवेदन यस बोलपत्र सम्झौताको अभिन्न अंग मानिनेछ । प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय   Notice Source : Madhyanha   

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. सवारीसाधन तथा अन्य विभिन्न सामग्रीहरू बिक्रीको ७ (सात) दिने सूचना
  2. धितो लिलाम हुने सम्बन्धी ३५ दिने सूचना
  3. धितो लिलाम हुने सम्बन्धी ३५ दिने सूचना
  4. आन्तरिक राजस्व कार्यालय वीरगंजलाई सुरक्षा गार्ड तथा सरसफाई कर्मीको सेवा प्रदान गर्न आव्हान