Merchandise Now
१३ पुष २०८१, शनिबार

धितो सुरक्षणमा रहेको अचल सम्पति (घर/जग्गा लिलाम बिक्री

४ आश्विन २०८०, बिहीबार
कामना सेवा विकास बैंक लि, ज्ञानेश्वर, Kamana Sewa Bikas Bank Ltd.

यस बैंकको न्युरोड पोखरा शाखा कार्यालयमा धितो सुरक्षणमा रहेको अचल सम्पति (घर/जग्गा लिलाम बिक्री सम्बन्धी १५ (पन्ध्र) दिने सूचना

यस विकास बैंकको न्युरोड पोखरा शाखा कार्यालयबाट तपसिलमा उल्लिखित ऋणीले सरल व्यापार अधिविकर्ष कजी शीर्षकमा उपभोग गर्नुभएको ऋणकर्जा बैंकसँग भए गरेको सम्झौता बमोजिम नबुझाउनु भएको हुँदा सो सम्बन्धमा पटक पटक मौखिक तथा लिखित रुपमा तरताकेता गर्दा समेत ऋणकर्जा चुक्ता भुक्तान नगरी बैंकसँग गरेको शर्त कबुलियत उल्लंघन गर्नु भएकोले बेकले ऋणकर्जा चुक्ता भुक्तान गर्न आउनु भनी ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरी ऋणी / धितो जमानीकर्ता र व्यक्तिगत धनजमानीकर्तालाई सूचित गर्दा समेत उक्त ऋणकर्जाको साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य दे-दस्तुर चुक्ता भुक्तान गर्ने तर्फ कुनै चासो नदेखाई बेवास्ता गरी बसेकोले उक्त ऋणकर्जाको सुरक्षण बापत धितोबन्धक लेखिदिएको तपसिलमा उल्लिखित सम्पति जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणमा बैंकको नियम तथा प्रचलित ऐन कानूनको अधीनमा रही गोप्य सिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गरी बैंकको लेना रकम असुलउपर गर्ने उद्देश्यले १५ (पन्ध्र) दिने लिलाम बिक्री सम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरिएको छ। धितोमा रहेको उपरोक्त सम्पत्तिहरु गोप्य सिलबन्दी बोलपत्र मार्फत खरिद गरी लिन इच्छुक व्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघ संस्थाले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र (सो दिन सार्वजनिक बिदा परेमा बिदा पश्चात लगत्ते कार्यालय खुलेको दिन) यस बैंकको कार्यालय समय भित्र यसै सूचना तथा बोलपत्र फारममा उल्लिखित शर्तहरुको अधीनमा रही रीतपूर्वक भरी यस बैंकको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौँमा आईपुग्ने गरी गोप्य सिलबन्दी बोलपत्र पेश गर्न आव्हान गरिन्छ । साथै प्रस्तुत लिलाम प्रक्रियाबाट धितोमा रहेको तपसिल बमोजिमको सम्पत्ति (घर / जग्गा) लिलाम बिक्री हुन नसकेमा वा लिलाम बिक्री भई बैंकले असुलउपर गर्नुपर्ने सम्पूर्ण लेना रकम उसुलउपर नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, बैंकको कर्जा असुली नीति तथा अन्य प्रचलित ऐन, कानून बमोजिम ऋणी तथा जमानीकर्ताको अन्य चल-अचल जायजेथा श्रीसम्पत्तिबाट समेत बाँकी लेना रकम असुलउपर गरिने व्यहोरा जानकारी गराउदै ऋणी, धितो तथा व्यक्तिगत धनजमानत दिनुहुने व्यक्ति तथा | सम्बन्धित सबैलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गर्नको लागि सिफारिस गरि पठाइने व्यहोरा समेत यसै सूचनाद्वारा सूचित गरिन्छ ।

धितो लिलाम बिक्री सम्बन्धी शर्तहरु :
  • १. बोलपत्र फाराम बैंकको केन्द्रीय कार्यालय, का.म.न.पा.-३०, ज्ञानेश्वर र बैंकका शाखा कार्यालयहरुबाट रु. १,००० (एक हजार रुपैया मात्र फिर्ता नहुने गरी) बुझाई प्राप्त गर्न सकिनेछ । बोलपत्रमा बोलपत्र दाताहरूको हस्ताक्षर सहित खामबन्दी गरी खाममा बाहिरपट्टि लिलाम बढाबढ मार्फत सम्पत्ति (घर जग्गा खरिद गर्न चाहेको लिलाम विक्रीको बोलपत्र भनी स्पष्ट रुपमा लेखिएको हुनुपर्नेछ । संस्था भएमा संस्थाको छाप र अख्तियार प्राप्त व्यक्तिको हस्ताक्षर र छाप समेत अनिवार्य लगाएको हुनुपर्नेछ ।
  • २. गोप्य सिलबन्दी बोलपत्र यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र र अन्तिम दिन सार्वजनिक विदा परेमा बिदा पश्चात लगते कार्यालय खुलेको दिन बैंकको केन्द्रीय कार्यालय, का.म.न.पा ३०, ज्ञानेश्वरमा आइपुग्ने गरी कार्यालय समय भित्र दाखिला गरी दर्ता गरि सक्नु पर्नेछ म्याद नाघि आएका वा रीत नपुगेका वा शर्त उल्लेख गरि दिएका बोलपत्र उपर कुनै कारबाही गरिने छैन ।
  • ३. बोलपत्र पेश गर्दा सबै सम्पत्ति ( घर जग्गा) वा कुनै एक सम्पत्ति अलग-अलग कित्ता समेत खरिद गर्ने गरी बोलपत्र पेश गर्न सकिनेछ ।
  • ४. आफूले खरिद गरी लिन चाहेको धितोमा रहेको सम्पत्ति (घर जग्गा) के कति रकममा लिन चाहेको हो सो रकमको विवरण अङ्ग र अक्षरमा स्पष्ट रुपमा लेखिएको हुनु पर्नेछ । अझ र अक्षरमा फरक फरक व्यहोरा लेखिएको भए अक्षरमा लेखिएको व्यहोरालाई मान्यता दिईनेछ ।
  • ५. बोलपत्रदाताले बोलपत्र आवेदनसाथ आफूले खरिद गर्न कबोल गरेको रकमको कम्तिमा १० (दशा) प्रतिशतका दरले हुने रकम धरौटी वापत यस बैंकको धरौटी खातामा नगदै दाखिला गरेको सक्कल भौचर वा यस बैंकको नाममा खिचिएको बैंक वा वित्तीय संस्थाको Good for Payment गरिएको A/C Payee Cheque संलग्न गर्नु पर्नेछ र सो रकममा कुनै व्याज दिईने छैन । साथै लिलाम सदर वा बदरको निर्णय नभएसम्म धरौटी रकम फिर्ता हुने छैन ।
  • ६. बोलपत्रदाता नेपाली नागरिक वा नेपालमा दर्ता भएको संगठित संस्था, फर्म, कम्पनी हुनुपर्नेछ । साथै बोलपत्रदाता प्राकृतिक व्यक्ति भएमा नागरिकताको प्रतिलिपि, संगठित संस्था/कम्पनी/फर्म भएमा अख्तियारनामा, संचालक समितिको निर्णय, दर्ता प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बरको प्रतिलिपि, करचुक्ता आदि आवेदन साथ पेश गर्नुपर्नेछ । ७. रीतपूर्वक पर्न आएका बोलपत्र यो सूचनाको म्याद समाप्त भएको लगतैको कार्यदिनमा दिनको ४:०० बजे बैंकको केन्द्रीय कार्यालय, का.म.न.पा.- २०, ज्ञानेश्वरमा बोलपत्रदाता वा निजको प्रतिनिधि र उपस्थित सरकारी कार्यालयका प्रतिनिधिहरुको रोहबरमा खोलिनेछ। सो दिन लिलाम विक्री सम्वन्धी काम समाप्त नभएमा वा सो दिन आकस्मिक सार्वजनिक बिदा परेमा बिदा पछि लगत्तै कार्यालय खुलेको दिन लिलाम विक्री सम्बन्धी काम सम्पन्न गरिनेछ। साथै प्रतिनिधि उपस्थित नभए पनि गोप्य सिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । ८. बोलपत्र प्रस्ताव स्वीकृत भएमा धरीटी बाहेकको बाँकी रकम प्रस्ताव स्वीकृत भएको जानकारी दिए पश्चात बैंकले तोकेको मितिभित्र यस बैंकमा नगदै जम्मा गरि धितोमा रहेको (लिलाम सकार गरेको सम्पत्ति आफ्नो नाममा दाखिल खारेज गराई लिनु पर्नेछ। यसरी बाँकी रकम जम्मा गर्ने समयसीमा प्रदान गर्ने अधिकार यस बैंकमा निहित रहनेछ। सम्पत्ति ( घर / जग्गा) नामसारी गर्न लाग्ने सरकारी राजस्व, शुल्क तथा अन्य सम्पूर्ण खर्चहरु सकार गरि लिने स्वयमले व्यहोर्नु पर्नेछ ।
  • ९. बोलपत्रमा पेश गरेको रकमले बैंकको कर्जा चुक्ता नभएमा वा अत्यन्त न्यून रकम कबोल गरेमा वा बोलपत्र स्वीकृत नभएमा वा स्वीकृत मोलमा सो सम्पत्ति कसैले सकार नगरेमा बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ तथा बैंकको नियम बमोजिम सो सम्पत्ति बैंक आफैले सकार गर्न वा पून सूचना जारी गरि लिलामी प्रक्रियामा जान सक्नेछ ।
  • १०. तोकिएको समय भित्र बाँकी रकम दाखिला नभए वा गर्न नसकेमा धरौटी रकम स्वतः जफत हुनेछ । बोलपत्र स्वीकृत नभएमा प्रस्तावकहरुलाई बोलपत्र सम्बन्धी निर्णय भए पश्चात मात्र धरौटी वापत जम्मा गरेको रकम भुक्तानी गरिनेछ ।
  • ११. धितोमा रहेको सम्पत्ति विक्री गर्ने वा नगर्ने वा बोलपत्रमा कबोल गरेको रकम स्वीकार गर्ने वा नगर्ने सम्बन्धी सम्पूर्ण अधिकार यस बैंकमा निहीत रहने छ।
  • १२. यस सम्बन्धी अन्य केही कुरा बुझनु पर्ने भएमा बैंकको केन्द्रीय कार्यालय, का.म.न.पा. – ३०, ज्ञानेश्वरमा कार्यालय समयभित्र सम्पर्क राखी बुझ्न सकिनेछ । १३. अन्य शर्तहरु बोलपत्र फाराममा उल्लेख गरिए बमोजिम हुनेछ ।
  • पुनश्च : उल्लिखित ऋणी (प्रोप्राइटर) / धितो जमानीकर्ता एवं धनजमानी दिनुहुने व्यक्ति समेतले उक्त तोकिएको मिति भित्र बैंकलाई बुझाउनु पर्ने कर्जाको साँवा ब्याज तथा नियमानुसार लाग्ने अन्य दै-दस्तुर समेत सम्पूर्ण रकम कलम बुझाई एवं बुझाउन लगाई आफ्नो सम्पत्तिको संरक्षण गर्नु हुन यसै सूचनाद्वारा पुन जानकारी गराईन्छ। अन्यथा तोकिएको दिन धितो लिलाम बिक्रीको कार्य हुने भएकोले उक्त दिन स्वयम उपस्थित भई लिलामबाट कायम हुने धितो सम्पत्तिको मूल्य घटी वा बढी हुने प्रकृयामा समेत प्रत्यक्ष अवलोकनको लागि सूचित गरिन्छ । उल्लिखित धितो सम्पत्ति लिलाम विक्री गरी वा बैंक आफैले सकार गर्दा समेत साविकमा बैंकबाट भएको मूल्यांकन भन्दा कम मूल्यमा लिलाम बिक्री भएमा वा बैंक आफैले सकार गरी लिएमा पछि हाम्रो सम्पत्तिको उचित मूल्य प्राप्त भएन वा कम मूल्यमा बिक्री भयो वा बैंक आफैले सकार गरी लियो भनि कहीं कतै कुनै पनि किसिमको उजुर बाजुर गर्न पाइने छैन ।
Notice Source : Annapurna Post 
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।