Merchandise Now
२७ पुष २०८१, शनिबार

गोरखापत्र संस्थानको पत्रिका ढुवानी सेवा दिन आव्हान

१८ फाल्गुन २०७९, बिहीबार
गोरखापत्र संस्थान धर्मपथ, न्युरोड, काठमाडौं

पत्रिका दुवानी सम्बन्धी पुनः सिलबन्दी बोलपत्र आह्वानको सूचना

सूचना न सा.प्र. २०७२।०८०

प्रकाशन मिति

२०७१/११४१८

यस संस्थानका प्रकाशनहरू नियमित रूपमा तपसिल वमोजिमका रुटहरूमा संस्थानले तोकेका समयमा आर्थिक वर्ष २०७९/८० का लागि दैनिक रूपमा ढुवानी गराउन आवश्यक परेकोले इच्छुक दुवानी सम्बन्धी इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीले आफूले चाहेको भाडादर प्रस्ट रूपमा उल्लेख गरी तोकिएको समयभित्र रीतपूर्वकको बोलपत्र पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
 

सर्तहरू

धनगढी- अत्तरिया-महेन्द्रनगर २. मटहवा छिन्- वीरेन्द्रनगर सुर्खेत मैटहवा अमेलिया नारायणपुर घोराही ४. अर्जुनखोला- भालुवाङ

  1. बोलपत्र दाताले सूचना प्रकाशित मिति २०७९ १९१८ गतेको मितिले ८औं दिन अर्थात् मिति २०७९ ११४२५ गते दिनको १२:०० बजेभित्र लिखित निवेदन पेस गरी दुवानी सम्बन्धी वोलपत्र कागजात रु.३,०००/- (अक्षरुपी तीन हजार मात्र) फिर्ता नहुने दस्तुर तिरी वा सो बराबरको रकम संस्थानको ने.बैं.लि. काठमाड कार्यालयस्थित चल्ती नं. ००२००१००५०२४२५०००००१ मा जम्मा गरी सोको सक्कल बैंक भौचर / रसिद पेस गरी संस्थानको प्रधान कार्यालय, सामान्य प्रशासन शाखा धर्मपथ, काठमाडौं वा प्रदेश स्तरीय प्रकाशन कार्यालय, विराटनगर वा प्रदेश स्तरीय प्रकाशन कार्यालय कोहलपुरवाट प्राप्त गर्न सकिन्छ । यसरी बोलपत्र कागजात प्राप्त गरी सकेपछि बोलपत्र दाताले बोलपत्र कागजातमा उल्लेखित दुवानी सम्बन्धी कुनै एउटा रुटमा वा एकभन्दा बढी रुटमा वा सबै रुटका लागि आफ्नो प्रस्ताव पेस गर्न सक्नेछ। निवेदनको साथमा फर्म/संस्था/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

२. सिलबन्दी बोलपत्र संस्थानको प्रधान कार्यालय, सामान्य प्रशासन शाखा धर्मपथ, काठमाडौँमा मात्र मिति २०७२/११/२४ गते दिनको १२:०० बजेभित्र बुझाउनुपर्नेछ। ढिलो गरी प्राप्त सिलबन्दी बोलपत्र स्वीकार गरिनेछैन ।

३. तोकिएको समयभित्र पेस भएका सिलवन्दी बोलपत्रहरू उपस्थित हुन चाहेका बोलपत्र दाता वा निजको प्रतिनिधिको रोहवरमा गोरखापत्र संस्थानको प्रधान कार्यालय, धर्मपथ, काठमाडौँमा २०७९ ११४२५ गते दिनको २:०० बजे खोलिनेछ सिलवन्दी वोलपत्र खोलिएको दिनदेखि गणना हुने गरी कम्तीमा ९० दिन सम्मका लागि सिलबन्दी बोलपत्र मान्य हुनेछ ।

४. सिलबन्दी बोलपत्र पेस गर्ने र खोल्ने दिन सार्वजनिक विदा परेमा बिदापछि लगत्तै कार्यालय खोलेको दिनको १२:०० बजेभित्र बोलपत्र खरिद गर्न र पेस गर्न सकिनेछ साथै प्राप्त भएका बोलपत्रहरू सोही दिनको २:०० बजे खोलिनेछ ।

५. बोलपत्र दाताले आफ्नो प्रस्ताव पेस गर्दा बोलपत्र कागजातको साथमा तोकिए वमोजिमको बैंक जमानत वा सो बराबरको नगद रकम सो संस्थानमा वा माथि उल्लेखित संस्थानको बैंक खातामा जम्मा गरी सोको सक्कल रसिद / भौचर अनिवार्य रूपमा पेस गर्नुपर्नेछ । बोलपत्र जमानत वा नगद जम्मा गर्दा तोकिए बमोजिम प्रत्येक दुवानीको रुट अनुसार अलग-अलग जम्मा गरी सोको कागजात पेस गर्नुपर्नेछ । कुनै बोलपत्र दाताले सबै रुटका लागि बोलपत्र प्रस्ताव पेस गरेको छ भने बोलपत्र जमानत अलग अलग बनाई सोको सक्कल बैंक भौचर / रसिद पेस गर्नुपर्ने र बोलपत्र कागजातमा समेत छुट्टाछुट्टै तोकिए बमोजिमको मूल्य सम्बन्धी फाराममा भरी आफ्नो प्रस्ताव पेस गर्नुपर्नेछ । बोलपत्र जमानतको हकमा सोको मान्य अवधि कम्तीमा बोलपत्र खोल्ने मितिदेखि १२० दिनको हुनुपर्नेछ।

६. बोलपत्र दर्ता गर्दा बोलपत्रका साथ फर्म, संस्था वा कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि, आयकर दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, सवारी दर्ता तथा सवारीधनीको नाम प्रस्ट उल्लेख भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि दुवानी सेवाको इजाजतको प्रतिलिपि सहित अन्य आवश्यक कागजात पेस गर्नुपर्नेछ। करको हकमा आर्थिक वर्ष २०७०८३०७९ सम्मको कर चुक्ता गरेको प्रमाणपत्र वा आय विवरण पेस गरेको प्रमाणित कागजात वा आय विवरण पेस गर्न म्याद थप भएको निस्सा वा प्रमाण पेस गर्नुपर्नेछ ।

७. बोलपत्र भौतिक रूपमा नै पेस गर्नुपर्नेछ । अनलाइनबाट पेस गर्ने व्यवस्था गरिएको छैन। बोलपत्र पेस गर्दा सिलबन्दी खाम बाहिर पत्रिका ढुवानी सम्बन्धी बोलपत्र भन्ने प्रस्ट उल्लेख गर्नुपर्नेछ । साथै श्रीमान् कार्यकारी अध्यक्षज्यू गोरखापत्र संस्थान, प्रधान कार्यालय, धर्मपथ, काठमाडौँ नामले सम्बोधन गर्नुपर्नेछ ।

८. स्वीकृत बोलपत्र दाताले बोलपत्र स्वीकृत भएको सूचना पाएको मितिले १५ दिनभित्र कार्य सम्पादन जमानत पेस गरी संस्थानमा उपस्थित भई सम्झौता गर्नुपर्नेछ ।

९. नेपाल सरकारबाट दुवानी सेवा सञ्चालन गर्न इजाजत प्राप्त सबै फर्म वा कम्पनी यस बोलपत्रका लागि

ग्राय हुनेछन् ।

१०. योग्य बोलपत्र दाताहरूले यस सम्बन्धी थप जानकारीका लागि संस्थानको निम्न ठेगानामा सम्पर्क राख्न सक्नेछन् टेलिफोन नं. ५३२३०७८, ५३२६५६४ इमेल: sgorkhapatra@gmail.com

गोरखापत्र संस्थान प्रधान कार्यालय, सामान्य प्रशासन शाखा, धर्मपथ, काठमाडौं ।

११. सिलवन्दी वोलपत्र पेस गर्ने प्रयोजनका लागि बोलपत्र जमानत वा संस्थानले माग गरेको धरौटी रकम जम्मा

गर्नुपर्नेछ ।

१२. म्याद नाघी आएको वोलपत्र उपर कुनै कारवाही हुनेछैन ।

१३. कुनै वा सबै सिलवन्दी वोलपत्र, पूरे वा आशिक रूपमा स्वीकार गर्ने वा अस्वीकार गर्ने सम्पूर्ण अधिकार यस संस्थानमा निहित रहनेछ।

१४. यसमा नपरेका अन्य कुरा नेपाल सरकारको प्रचलित ऐन नियम अनुसार हुनेछन् ।

गोरखापत्र संस्थान

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 

अन्य :

 
  1. BIDS FOR THE PIPELINE LAYING WORKS
  2. DESIGN AND PUBLICATION OF NOTICE IN THE NEWSPAPER
  3. रिलायन्स फाइनान्समा आन्तरिक सजावटको कार्य तथा फर्निचर निर्माण कार्य गर्न आव्हान
  4. सिरहाको औरही गाउँपालिकामा सडक ढलान कार्य गर्न आव्हान