Merchandise Now
२८ पुष २०८१, आईतवार

कृषि विकास कार्यक्रमहरूमा सहभागी हुन प्रस्ताव आव्हान

४ फाल्गुन २०७९, बिहीबार
बागमती प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, मौरीपालन विकास कार्यक्रम भण्डारा, चितवन, नेपाल

कृषि विकास कार्यक्रमहरूमा सहभागी हुन प्रस्ताव आव्हानको सूचना प्रथम पटक प्रकाशित मितिः २०७९/११/०४

मौरीपालन विकास कार्यक्रम, भण्डारा, चितवनको आ.व. २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसील बमोजिमका कार्यक्रम संचालन गर्नका लागि “प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरित कृषि विकास कार्यक्रम संचालन सम्बन्धि कार्यविधि, २०७९” मा तोकिए बमोजिमका शर्तहरु पालना गर्ने गरी साझेदारी गर्न इच्छुक आवेदक वा प्रस्तावकहरुबाट प्रथम पटक सूचना प्रकाशन भएको मितिले ३० दिन (२०७९/१२/०३) कार्यालय समय भित्र देहाय बमोजिमका कागजातहरु संलग्न राखी आवेदन सहित प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ ।

सम्बन्धित संस्थाको दर्ता/नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर र करचुक्ताको प्रतिलिपि निजी फर्म/कम्पनीको हकमा गत आ.व. को संस्थाको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपी प्रस्ताव पेश गर्ने तथा अख्तियार प्रदान गरिएको बारे बैठकको निर्णय प्रतिलिपि, प्रस्ताव पेश गर्ने संस्थाको अख्तियार प्राप्त / जिम्मेवार ब्याक्तिको नागरिताको प्रतिलिपि तथा अख्तियारी पत्र सम्बन्धित गाउँपालिका/ नगरपालिकाको कृषि शाखा तथा वडा कार्यालयको सिफारिस पत्र खेती गरिने जमिनको लालपुर्जाको फोटोकपि / लिजमा लिएको जमिन भए कम्तिमा १० वर्षको करारनामाको प्रतिलिपि प्रतिबद्धता पत्र

नोट: कार्यक्रम सम्बन्धि विस्तृत जानकारीको लागि यस कार्यालयको फोन नं. ०५६-५५०६५३ वा मोबाइल नं. ९८५५०९२२५३ मा सम्पर्क गर्न सकिनेछ ।

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. CONSTRUCTION OF CITY HALL -MANANG
  2. QUOTATIONS FOR THE THE SUPPLY OF IT EQUIPMENT (HARDWARE).
  3. DESIGN AND PUBLICATION OF NOTICE IN THE NEWSPAPER
  4. सिरहाको औरही गाउँपालिकामा सडक ढलान कार्य गर्न आव्हान