कृषि विकास बैंक लिमिटेडको डाक बढाबढबाट पुराना सम्पती सामानहरू लिलाम बिक्री सम्वन्धी सूचना
(प्रथम पटक सूचना प्रकाशन मिति : २०७९/०९/०८) सूचना प्रकाशन मिति : २०७९ / १० / १६
यस कार्यालय अन्तरगतका प्रयोगमा नआएका सम्पत्तिहरु जस्तै फाईल क्याविनेट, कम्प्युटर, सिलिङ्ग पंखा, फर्निचरहरु लगायतका सामानहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम बढाबढ गरी बिक्री गर्नुपर्ने भएकोले यो सूचना प्रकाशन भएको मितिले ७ औं दिनको १.०० बजे देखी १.३० बजे सम्म यस शाखा कार्यालय, जोरपाटी, काठमाडौंको प्रांगणमा तपसिल बमोजिमको शर्तहरुको अधिनमा रही लिलाम बढाबढबाट बिक्री हुने भएकोले लिलाम बढाबढमा भाग लिई सामान खरिद गर्न ईच्छुक व्यक्ति, फर्म वा कम्पनीको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
शर्तहरु
- लिलाम बिक्री भै आफुले खरिद गरेका सम्पूर्ण सामानहरु एकमुष्ठ रुपमा उठाई लैजानु पर्ने छ ।
- उक्त सामानहरुको न्यूनतम मूल्यांकित रकम रु. ५६,०००/- (अक्षरेपी छपन्न हजार मात्र) भ्याट बाहेक कायम गरिएको छ ।
- बढाबढमा सहभागी हुन ईच्छुक फर्म, कम्पनी वा व्यक्तिले धरौटी वापत १० प्रतिशत रकम सोही दिन नगदै जम्मा गर्नुपर्ने छ ।
- थप शर्तहरुको सम्बन्धमा बुझ्न वा जानकारी लिन चाहेमा यस कार्यालयको सूचना पाटीमा हेर्न सकिने छ साथै फो.नं. ०१-४९११९७६ मा सम्पर्क गरी जानकारी लिन सकिने छ ।
कृषि विकास बैंक लि. शाखा कार्यालय जोरपाटी, काठमाडौं
पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।
अन्य :