नेपाल सरकार, स्वस्थ्य तथा जनसंख्या मन्त्रालय पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा
Furniture Item सप्लाई दरभाउपत्र आव्हानको सूचना
प्रथम पटक प्रकाशित मिति: २०७९ / १० / १६
यस पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराको लागि आ.ब २०७९/०८० मा आवश्यक पर्ने Furniture Item शिलबन्दी दरभाउपत्रको माध्यमबाट खरिद गर्नु पर्ने भएको हुँदा ईच्छुक इजाजत प्राप्त आपूर्तिकर्ता, सप्लायर्स फर्म/संस्था वा कम्पनीले देहाय बमोजिमको शर्तको अधिनमा रहि रितपुर्बक शिलबन्दी दरभाउपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।
१. दरभाउपत्र सम्बन्धी फारम यो सूचना प्रथम पटक प्रकाशित मितिले १५ औं दिनको कार्यालयको समय भित्र सम्बन्धीत आपुर्तिकर्ता सप्लायर्स फर्म/संस्था वा कम्पनीको लिखित निबेदनको साथ फर्म/संस्था वा कम्पनी दर्ता प्रमाण पत्रको प्रतिलिपि मुल्य अभिबृद्धि कर दर्ता एवं आ.व २०७८ / ०७९ को कर चुक्ता को प्रमाण पत्रको प्रमाणित प्रतिलिपि संलग्न राखी तोकिएको दरभाउपत्र कागजातको दस्तुर (पछि फिर्ता नहुने गरि) बुझाएको सक्कलै बैक भौचर पेश गरि यस कार्यालय बाट खरिद गर्न सकिने छ । २. दरभाउपत्र दाताले दरभाउपत्र सम्बन्धी कागजातको दस्तुर राष्ट्रिय बाणिज्य बैंक स्थित प्रतिष्ठानको राजस्व खाता नं १०००१००२०००१०००० जम्मा गरि सक्कल भौचर पेश गर्नुपर्नेछ ।
३. दरभाउपत्र दाताले दरभाउपत्र साथ मान्यता प्राप्त बाणिज्य वित्तिय संस्थाबाट जारी भएको बिड बोण्ड वा यस प्रतिष्ठानको कृषि बिकास बैंक लि. मा रहेको धरौटी खाता नं ०३१६४०१५९१२४८०७१ मा नगद जम्मा गरेको सक्कलै भौचर पेश गर्नु पर्ने छ । बिड बण्डको हकमा दरभाउपत्र दाखिला गर्ने अन्तिम मितिले ७५ दिन मान्य अबधी भएको हुनुपर्नेछ ।
४. यस अस्पताबाट खरिद भएको दरभाउपत्र फारम सूचना प्रकाशित मिति देखि १६औं दिनको १२:०० बजे भित्र दर्ता गराइ सक्नुपर्नेछ ।
५.दर्ता हुन आएका शिलबन्दी दरभाउपत्रहरु यो सूचना प्रकाशित मितिले १६ औं दिनको १:०० बजे यस कार्यालयमा खोलिनेछ ।
६. दरभाउपत्रमा समाबेश भएका फर्निचर आइटमहरु तोकिएको Specification तथा गुणस्तरको हुनुपर्नेछ।
७. माथीका शर्तहरु बाहेक अन्य कुराहरु सार्बजनिक खरिद ऐन २०६३ तथा सार्बजनिक नियमावली २०६४ तथा अन्य शर्त तथा योग्यताका आधार दरभाउपत्र सम्बन्धित कागजातमा उल्लेख भए बमोजिम हुनेछ ।
क्र.सं बोलपत्र/ ठेक्का नं PAHS/NCB/ SQ/2079-80/03 बिबरण Procurement of Furniture Item बोलपत्र फारम स्तुर बोलपत्र जमानत रु1 000/- 46000/-
पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।
अन्य :