Merchandise Now
१० मंसिर २०८१, सोमबार

नेपाल बैंकले राख्यो रौतहटको चिनि मिल लिलामीमा, ३८ करोडमा सर्कान सकिने

१ असार २०८०, शुक्रबार
रौतहटस्थित श्रीराम सुगर मिल्सको सम्पत्ति लिलाम हुने भएको छ । नेपाल बैंकले बिहीबार सूचना जारी गर्दै कम्पनीको सम्पत्ति लिलामीमा राखेर बिक्री गर्न लागेको जानकारी दिएको हो । गोल्छा समूहको लगानी रहेको मिल्स दुई अर्ब रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको जनाईएको छ । मिल्सले ऋण तिर्न नसकेपछि बैंकले लिलामीको सूचना निकालेको हो । कम्पनीले ०७६ फागुन १३ मा सार्वजनिक सूचना प्रकाशित गरेर स्थायी रूपमा बन्द भएको घोषणा गरेको थियो, सो उद्योग बन्द भएको  तीन वर्ष चार महिनापछि लिलामीमा परेको हो । कम्पनीले ०७६ फागुनमा आर्थिक वर्ष ०७५/७६ सम्म दुई अर्ब १७ करोड ७५ लाख रुपैयाँ खुद घाटा पुगेको जनाएको थियो । सो बैंकले ४ साउनसम्म इच्छुकले कम्पनी प्राप्तिका लागि आवेदन दिन सक्ने जनाएको छ । कम्पनीमा जेजस्तो अवस्थामा मेसिनरीहरू छन्, त्यो लिनुपर्ने भन्दै बैंकले लिलाम गर्ने न्यूनतम मूल्य ३८ करोड ११ हजार रुपैयाँ कायम गरेको छ । इच्छुकले यसको १० प्रतिशत रकम बुझाएर लिलाम प्रक्रियामा भाग लिन सकिने आज जारी सूचनामा उल्लेख छ ।  
  1. लिलाम बिक्री गर्ने बारेको १५ दिने सूचना
  2. लिलाम बढाबढ विभिन्न मालसामानहरू (मेशिनरी, औजार, फर्निचर फिक्चर्स र कार्यालय सामाग्री
  3. नदीजन्य सामाग्रीका लिलाम बिक्री
  4. KATHMANDU METRO IDEA AND INNOVATION (KMII), 2080 सञ्चालन गर्न
  5. पशुजन्य औषधि खरिद