Merchandise Now
१३ पुष २०८१, शनिबार

Store Shed Construction works at Nepal Telecom-Biratnagar

२८ पुष २०७९, बिहीबार

नेपाल दूरसंचार कम्पनी लिमिटेड प्रादेशिक निर्देशनालय सुर्खेतको

निर्माण कार्य सम्बन्धि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

सिलबन्दी दरभाउपत्र नं. NDCL / PDSKT / SQ-06 / 2079-80

(प्रथम पटक प्रकाशित मिति : २०७५/०८/२८)

यस निर्देशनालय अन्तर्गत निर्माण कार्य सिलबन्दी दरभाउपत्र प्रक्रियाबाट गराउनु पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त योग्य इच्छुक नेपाली निर्माण व्यवसायीहरुबाट निम्न सर्तहरु र सिलबन्दी दरभाउपत्र पुस्तिकाको अधिनमा रही रीतपूर्वकको सिलबन्दी दरभाउपत्र पेश गर्न सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. सिलबन्दी दरभाउपत्र पुस्तिका दस्तुर रु. ३,०००.०० ( रु. तीन हजार, फिर्ता नहुने गरी) बुझाई वा निर्देशनालयको Kumari Bank, Nepalgunj Branch T रहेको खाता न. ०२४००१४६५४२००००१ मा रकम जम्मा गरेको सक्कल बैंक भौचर पेश गरी लिखित पत्र वा निवेदनको साथमा इजाजत प्रमाण-पत्र, फर्म दर्ता प्रमाण-पत्र, मूल्य अभिबृद्धि कर दर्ता प्रमाण-पत्र, आ.व. २०७८ / २०७५ को आयकर चुक्ता गरेको प्रमाण पत्रहरु नोटरीबाट प्रामाणित गराईएका प्रतिलिपिहरु संलग्न गरी नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय सुर्खेत, कर्णाली प्रदेश, बिरेन्द्रनगर, सुर्खेतबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ औं दिनको कार्यालय समय भित्र खरिद गरी १६औं दिन दिनको ११:४५ वजेसम्म यस निर्देशनालयमा दर्ता गराई सक्नुपर्नेछ ।

२. सिलबन्दी दरभाउपत्र फारम दर्ता गर्दा खाम बाहिर नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय सुर्खेत, कर्णाली प्रदेश, बिरेन्द्रनगर, सुर्खेतलाई सम्बोधन गरी निर्माण कार्यको विवरण प्रष्ट उल्लेख गर्नुपर्नेछ ।

३. सिलबन्दी दरभाउपत्र दाखिला गर्ने अन्तिम दिन दिनको १२:०० बजे यस निर्देशनालयमा सिलबन्दी दरभाउपत्रदाता वा निजका प्रतिनिधिको उपस्थितिमा सिलबन्दी दरभाउपत्रहरु खोलिने छ । तर निजका प्रतिनिधिहरुको अनुपस्थितीमा समेत सिलबन्दी दरभाउपत्र खोल्न बाधा पुग्ने छैन । म्याद नाघि आएको, रित नपुगेको वा शर्त राखि पेश भएको सिलबन्दी दरभाउपत्र उपर कुनै कारवाही गरिने छैन ।

५. सिलबन्दी दरभाउपत्र खरिद गर्ने, दर्ता गर्ने अन्तिम दिन बिदा पर्न गएमा त्यसको लगत्तै कार्यालय खुलेको दिन क्रमसः सिलबन्दी दरभाउपत्र खरिद गर्न र दर्ता गर्न सकिनेछ ।

सिलबन्दी दरभाउपत्र पेश गर्दा सिलबन्दी दरभाउपत्रसाथ तपशिलमा उल्लेखित धरौटी बापतको रकम नबिल बैंक लिमिटेड बिरेन्द्रनगर शाखामा रहेको यस निर्देशनालयको धरौटी खाता नं. ०५८०१०१७५०१३४७ मा जम्मा गरेको सक्कल बैंक भौचर वा नेपाल राष्ट्र बैंकबाट स्विकृती प्राप्त वाणिज्य बैंकबाट सिलबन्दी दरभाउपत्र दर्ता गर्ने अन्तिम मितिले कम्तिमा ५० दिनको म्याद रहेको यस निर्देशनालयको नाममा जारी सक्कल बैंक जमानीपत्र ( Bid security) अनिवार्य संलग्न हुनु पर्नेछ । ७. कुनै सिलबन्दी दरभाउपत्र स्विकृत गर्ने, नगर्ने वा आंशिक स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कम्पनीमा सुरक्षित रहनेछ । ८. अंक र अक्षरमा लेखिएको दररेट रकममा फरक पर्न गए अक्षरमा लेखिएको दरलाई मान्यता दिइनेछ ।

५. सिलबन्दी दरभाउपत्रको मान्य अवधि ४५ दिन हुनेछ ।

१०. संयुक्त उपक्रम (Joint Venture) माध्यमबाट सिलबन्दी दरभाउपत्रमा भाग लिने निर्माण व्यवसायीले सिलबन्दी दरभाउपत्रमा उल्लेखित संयुक्त उपक्रम सम्बन्धि प्रावधान अनुसारका कागजातहरु सक्कल सम्झौता पत्र अनिवार्य रुपमा सिलबन्दी दरभाउपत्रसाथ पेश गर्नु पर्नेछ । संयुक्त उपक्रममा बढीमा तीनवटा फर्मको संलग्नतालाई मान्यता दिइने छ ।

११. एक फर्म वा संस्थाको नाममा खरिद गरेको सिलबन्दी दरभाउपत्र पुस्तिका अर्को फर्म वा संस्थाको नामबाट दाखिला गर्न पाइने छैन ।

१२. सिलबन्दी दरभाउपत्रदाताले सिलबन्दी दरभाउपत्र दाखिला गर्नु अगावै आफ्नै खर्चमा आयोजना स्थल निरीक्षण गर्न सक्ने छ । १३. थप जानकारीको लागि यस निर्देशनालयको सिभिल शाखाको टेलिफोन नं. ०८३-५५०५०७ मा सम्पर्क गर्न सकिने छ ।

सि.नं. सिलबन्दी दरभाउपत्र नं. निर्माण कार्यको बिवरण धरौटी रकम रु.

अन्य समाचार
  1. SUPPLY AND DELIVERY OF AYURVEDA MEDICINE
  2. WORKS FOR INTERIOR CONFERENCE AND SECURITY SYSTEM INSTALLATION
  3. डॉक थैला खरिद गर्ने बारेको बोलपत्र आह्वानको सूचना
  4. AGRICULTURE TRACTOR AND EQUIPMENT-SUPPLY
  5. घर/जग्गा लिलाम बिक्री सम्बन्धी १५ दिने सूचना